Lifestyle Portal
  •   १८ माघ २०७९, बुधबार

छिमेकीको हत्या गरेको अभियोगमा दुई जना पक्राउ

११ पुष २०७७, शनिबार ००:३९

लोकप्रिय

झापा, १० पुस -मेचीनगर नगरपालिका-९ बस्‍ने पुलिस भन्ने ४२ वर्षीय पर्शुराम गौतमको हत्या गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका-९ बस्ने ४७ वर्षीय बुधलाल किसान र सोही ठाउँ बस्ने भयङ्कर भन्ने २८ बर्षीय भुखन किसान रहेका छन् ।

पर्शुराम आफ्नै घर अगाडि पुस ३ गते बिहान मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानका लागि संघीय ईकाइ प्रहरी कार्यालय धरान सुनसरीबाट तालिम प्राप्त कुकुर, ईलाका प्रहरी कार्यालय काकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न बुधलाललाई उनकै गाउँघर र भुखनलाई मेचीनगर नगरपालिका-६ काकरभिट्टाबाट पक्राउ गरेको हो । पुस २ गते बुधलाल, भुखन र पर्शुराम समेत रातीसम्म बसी मादक पदार्थ सेवन गरेकोमा उनीहरु बीचको विवादमा कुटपिट हुँदा पर्शुरामको मृत्यु भएको अनुसन्धानबाट खुल्न आएको छ । साथै घटना हुँदा प्रयोग भएका विभिन्न कपडा र २ थान फलामको पातलो रिम समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरु उपर जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भक्तपुर, १७ पुस: अङ्ग्रेजी नयाँ वर्ष, २०२३ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी

“आमा मलाई हुर्काउनु भो, पढाउनु भो, माया दिनुभयो । अब म हजुरको सधैँ सेवा गर्छु है” भन्दै नारायणी नमूना मावि

खजुरा, १५ पुस : निकै तामझामका साथ नेपालगञ्जको ऐतिहासिक पर्यटकीय ताल रानीतलाउलाई सञ्चालनमा ल्याइए पनि अहिले संरक्षणको अभावमा पुनः जीर्ण

महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत