
यस्तो छ आजको मैसम पुर्वानुमान
काठमाडौं । मौसम विभागले काठमाडौं उपत्यकाको मौसम आज सफा रहने जनाएको छ । मौसमविद् बरुण पौडेलले दिएको जानकारीअनुसार आज काठमाडौं उपत्यकाको मौसम सफा रहने छ भने उच्च हिमाली भूभागमा हिमपात पर्ने सम्भावना छ ।
तराइका जिल्लाहरुमा पनि बाक्लो हुस्सुको सम्भावना आज देखिँदैन । आज काठमाडौंको मौसम २.५ डिग्री न्यूनतम मापन गरिएको छ भने शनिबार भने काठमाडौंको तापक्रम १.३ डिग्री कायम थियो ।