Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार

कमल थापाको प्रश्न- २००७ सालमा २ दर्जन क्रिश्चियन भएको नेपालमा अहिले ४० लाख कसरी पुगे ?

१२ पुष २०७७, आईतवार ०८:५१

लोकप्रिय

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सनातन हिन्दु धर्मप्रति आक्रमण भइरहेको बताएका छन् । आइतबार ट्वीटरमा लेख्दै अध्यक्ष थापाले हिन्दु धर्ममाथि आक्रमण भएको बताएका हुन् ।

‘कुनै धर्मप्रति मेरो वैमनस्यता र विरोध छैन । तर, २००७ सालमा २ दर्जन क्रिश्चियन भएको नेपालमा लोभलालच र भ्रम सिर्जना गरेर तथा संगठितरूपमा भैरहेको धर्म परिवर्तनको परिणामस्वरूप अहिले करिव ४० लाख पुगेको छ । हाम्रो गौरवशाली सनातन धर्म र सभ्यतामाथिको यो आक्रमणले असह्य पीडा हुन्छ । के तपाईंको मन दुःख्दैन ?,’ थापाले ट्वीटरमा लेखेका छन् ।

त्यसैगरी अध्यक्ष थापााले धर्मपरिवर्तनको निशानामा सबैभन्दा बढी आदिवासी/जनजाति/दलित समुदाय परेको बताएका छन् । उनले भने, ‘धर्मपरिवर्तनको निशानामा सबैभन्दा बढी आदिवासी/जनजाति/दलित समुदाय परेका छन् ।’

अध्यक्ष थापाले पहिचानको रक्षा गरौं भन्ने कथित छद्मभेषीहरू आदिवासी/जनजाति/दलित समुदायको पहिचान मेटाउने षडयन्त्रका मतियार भएको पनि आरोप लगाएका छन् । उनीहरूले डलरसँग राष्ट्रको पहिचानरगौरव बेच्ने गद्दारी गरिरहेको दाबी गर्दै थापाले सनातन धर्म संस्कृतिको रक्षा गर्न सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा