
चिनियाँ हस्तक्षेपविरुद्ध प्रदर्शन, राष्ट्रिय एकता अभियानका संयोजक यादव पक्राउ
१२ पुष २०७७, आईतवार २१:१२
काठमाडौ । चिनियाँ हस्तक्षेपबिरुद्ध प्रदर्शन गर्ने राष्ट्रिय एकता अभियानमा आवद्ध प्रदर्शनकारीहरूलाई काठमाडौको भाटभटेनीबाट पक्राउ गरिएको छ।
आज साँझ ५ बजे अभियानका संयोजक विनय यादवसहित करीव दुई दर्जन कार्यकर्तालाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।
अभियानका संयोजक यादवले नेपाल कम्युनिस्ट पार्टीलाई इङिगत गर्दै चीनले नेपाली राजनैतिक दलमा हस्तक्षेप गर्ने गरेको, नेपाली भूमी मिचेको र सगरमाथामाथि गिद्धेदृष्टि लगाएकोले आफुहरू प्रदर्शनमा उत्रिन बाध्य भएको बताए।
प्रदर्शनको क्रममा ‘चिनियाँ हस्तक्षेप बन्द गर’, ‘नेपाली राजदैनिक दललाई स्वतन्त्रता देउ’ ‘मिचेको भूमी फिर्ता गर’ र सगरमाथामाथी गिद्धेदृष्टि नगाउलगायत नाराहरू लगाइएको थियो ।
अभियानले यसअघि पनि चिनियाँ हस्तक्षेप विरुद्ध प्रदर्शन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा