Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

छोटा तर मिठा, पढनै पर्ने ५ वटा प्रेमकथाहरु

२६ मंसिर २०७५, बुधबार १७:५७


प्रेमकथा बिना चलचित्र देखि काब्यहरु सम्म अपूरा छन्, अधुरा छन् । रामसीता, रोमियोजुलियट, मुनामदन, हिर राँझा देखि अनेकन कथाहरु प्रेमालापमा पूर्णत डुबेको पाइन्छ । हामी यूगयूगान्त सम्म ति कथाका उदहारण अनि उच्चारण गर्दै आएका छौं। आउनुहोस् आज केही नेपालीपरिवेशसंग मिल्नेप्रेम कथाहरु बहुतै सरल अनि मिठा र छोटा रुपमा उल्लेख गरौं । नेपाली गाँउ अनि परिवेशसँग समबन्ध राख्ने यी कथाहरु तपाँईहामी कसैको या छरछिमेक अनि साथीभाईको हुन सक्छ । आउनुहोस्, पढौँ । मेल खान गएमा संयोग नमाने हुन्छ, यी कथाहरुले हाम्रो नेपाली समाजको दर्पण देखाँउछ ।

कथा नं १
पाल्पाकी रबिनाले आज करिब दश वर्षपछी आफ्नो पूर्वप्रेमी अनिल लाई भेटेकी हुन्, अकस्मात बजारमा । अनिलले उनिहरुको विधालय पढ्दाखेरिको निलो प्यान्ट अनि सेतो सर्टमा लुकेर कुश्मामा खिचेको फोटो देखायो , उसको पर्समा जतन गरेर राखेको थियो । रबिनाको छोराको विधालय छुट्टी भएर लिन जाने बेला भएकाले हिँडिहाल्न पर्यो । अनिल दश वर्षपछी विदेश वाट प्रथम पटक गाँउ आएको, उनीलाई याद आयो ।
कथा नं २
मेरो साथीको वूवा आज ८० वर्षमा वित्नुभयो । कुर्सीमा बस्नुभएको अवस्थामा वहाँको देहान्त भयो र मृत्यूको समयमा वहाँको काखमा एउटा फ्रेम हालेको फोटो पाईयो, ५ वर्ष अगाडि वित्नुभएको वहाँकी श्रिमतीे को फोटो । शायद अन्तिम समयमा आफ्नो जिवनको सबैभ्न्दा प्रिय कुरा हेर्न चाहनुहुन्थ्यो बूवाले ।
कथा नं ३
मेरी प्रेमीकाले मसँग पर्याप्त सम्पती छैन भनेँर मलाई छाडिन् । मलाई एक्लो महसुस भएको मेरो बिराटनगर बस्ने साथीलाई फोनगरेर भने । उसले केही घन्टामा मलाई फोन गरेर सान्तवना दिनकालागी म अहिले तेरो घरमा आएर तलाँई अँगालो मारेर पूराना कुराहरु गर्दै आज वाहिर घुम्न जाने प्लान बनाए भने के हुन्छ भन्यो ? मैले मोरा नचाहिने कुरा नगर भन्या मात्र के थिए, ढोकामा ढक ढक आवाज आयो ।
कथा नं ४
आज मेरो दृष्टिविहिन साथीले म सित आफ्नो प्रेमीका कति रामी्र छिन् भनेर ब्याख्या गर्यो, म चुपचाप सुनिरहे ।

कथा नं ५
आज मेरो अटिजम भएको छोराले पहिलोपटक ६ वर्षमा एउटा शब्द बोल्यो, बूवा भनेँर

सुयोग ढकाल

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै