
‘ठगि नियन्त्रण पहिलो प्राथमिकता’-श्रममन्त्री चौधरी
काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले गैरकानुनी ढंगबाट विदेश पठाउने काम रोक्ने बताएका छन् । आइतबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेपछि उनले मापदण्डविपरीत विदेश पठाउने काम रोक्ने बताएका हुन् ।
“अहिलेसम्म भएका कामहरुको बारेमा बुझ्दै छु,” उनले भने ।
स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्न उल्लेख्य भूमिका खेल्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।