Lifestyle Portal
  •   २८ श्रावण २०७९, शनिबार

रोजगारदाता विरुद्ध उजुरी गर्न सकिने मलेशिया सरकारले ल्यायो यस्तो व्यवस्था

१२ पुष २०७७, आईतवार २२:४२

काठमाडौँ । मलेसिया सरकारले आगामी जनवरी देखि मोवाइल एप सञ्चालनमा ल्याउने भएको छ । श्रमिकले आफूमाथि कुनै दुर्व्यवहार भएमा सम्बन्धित् सरकारी निकायमा उजुरी गर्न सकिने एप ल्याइने भएको हो ।

मलेसिया सरकारले बनाउने उक्त एप नेपाली, बंगाली लगायत विभिन्न भाषामा हुने छ । मोबाइल एपले विदेशी श्रमिकको अधिकारको सम्मान नगर्ने रोजगारदाताहरुका बारेमा सरकारले जानकारी हासिल गर्ने उदेश्यले उक्त एप निर्माण गर्न लागिएको मलेशियाका मानव संशाधन मन्त्री एम शरभनानले बताए ।

विदेशी श्रमिकले आफूमाथि दुर्व्यवहार हुँदा सरकारसँग सिधा नजोडिएको कारण उजुरी गर्न नसकेको उनले बताए । उनका अनुसार,नयाँ आउने मोवाइल एपमा दोहोरो सञ्चार गर्न सकिने छ ।त्यसपछि श्रमिकको उजुरीका आधारमा श्रम विभागले अनुगमन गर्ने छ ।

श्रमिक माथि रोजगारदाताले शोषण गर्ने,भने अनुसार तलब नदिने,उचित बसोवासको व्यवस्था नहुने, दुर्व्यवहार गर्नेलगायतका समस्याहरु श्रमिकहरुले बोग्नु पर्ने समस्या छ

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।

बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका

हाम्रा बजारहरूमा पच्चीस पैसा, पचास पैसा, एक रुपियाँका सिक्का देखिन छाडेको वर्षौं भयो। यसैगरी एक र दुईका कागजी नोट बजारमा