सरकारको असंवैधानिक कदमविरूद्धको प्रदर्शनमा सहभागि बनाैं : नेता सिंह


काठमाडौं | नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको असंवैधानिक कदमविरूद्धको प्रदर्शनमा सहभागिताका लागि आव्हान गरेका छन् । कांग्रेसले भाेली सरकारकाे संसद विघटन गर्ने असंवैधानिक कदमविरूद्द देशव्यापी प्रदर्शन गर्दैछ ।

“संविधानवाद र लोकतन्त्रको मर्मविपरीत सरकार अघि बढेको छ । म नै राज्य हुँ भनेझैं प्रधानमन्त्रीले विधि, विधान मिचेर मनखुशी प्रतिनिधिसभा विघटन गर्नुभएको छ । त्यति मात्र होइन एकलौटी चुनाव घोषणा गरेको सरकारले अझ मन्त्रीमण्डल पुनर्गठन गरेको छ । संविधान मिच्दै गरिएको संसद विघटन असंवैधानिक छ । सरकारको असंवैधानिक कदमको विरूद्ध नेपाली कांग्रेसले भोलि (पुस १३ गते) देशभर प्रदर्शन गर्दैछ” सिंहले भनेका छन्, “सरकारको असंवैधानिक कदमविरूद्धको प्रदर्शनमा सहभागिताका लागि म सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा अपिल गर्दछु ।”


Loading comments...