Lifestyle Portal
  •   ३१ श्रावण २०७९, मंगलवार

२१ वर्षीया आर्या बनिन् भारतकी सबैभन्दा कान्छी मेयर

१३ पुष २०७७, सोमबार २०:३३

भारतमा बीएस्सी अध्ययन गर्दै गरेकी २१ वर्षीया युवती आर्या राजेन्द्रन भारतकी सबैभन्दा कान्छी मेयर बनेकी छिन् । सोमबार भारतको केरलास्थित तिरुवनन्तपुरमकी मेयरको रुपमा आर्याले जित हात पारेकी हुन् । उनी भारतको कम्युनिस्ट पार्टी सीपीआई(एम)को तर्फबाट उम्मेदवार बनेकी थिइन् ।

आर्या अहिले अल सेन्ट्स कलेजमा ब्याचलर दोस्रो वर्षमा अध्ययन गर्दै छिन् । बीएस्सी म्याथमेटिक्स अध्ययन गरिरहेकी आर्याका बाबु पेशाले इलेक्ट्रिसियन हुन् भने आमा लाइफ इन्स्योरेन्सकी अभिकर्ता हुन् । कट्टर कम्युनिस्ट परिवारबाट आएकी आर्याले भनिन्, ‘मैले यो निर्वाचन पूर्ण आत्मविश्वास र उत्साहको साथ लडेकी थिएँ । म पार्टीले मलाई दिएको जिम्मेवारी लिन तयार छु । मेरो सपना राजनीति र पढाइलाई एकसाथ अघि बढाउनु हो ।’

आर्या वामपन्थी पार्टीको बालबालिका संगठन बालसंग्रामकी प्रान्तको अध्यक्ष पनि हुन् । आर्याले आफू मेयर भएसँगै आफ्नो प्राथमिकता केरलाको राजधानीसमेत रहेको सहरको फोहोर व्यवस्थापन प्रणालीमा सुधार गर्नु रहने बताएकी छिन् । उनले मानिसहरुलाई सडकमा फोहोर नफ्याँक्न सचेतना बढाउनु जरुरी रहेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

राष्ट्रपतिले नागरिकता विधेयक संसद्‌मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र

काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ