
नुवाकोटको चिम्टेश्वरमा भ्युटावर शिलान्यास
नुवाकोट। नुवाकोट बेल्कोटगढी नगरपालिका-२ मा रहेको चिम्टेश्वर महादेव मन्दिर रहेको ऐतिहासिक, धार्मिक, पुरातात्त्विक, एव पर्यटकिय स्थल नुवाकोटकै गरिमा बेल्कोटगढिको अमुल्यनिधि चिम्टेस्वर महादेव परपसरमा भ्युटावर निर्माणको लागि आज शिलान्यास भएको छ।
उक्त भ्युटावर प्रदेशका माननिय केशबराज पान्डे, नगर प्रमुख राजेन्द्र रमण खनाल, उधोग, पर्यटन तथा वनवातावरण मन्त्रालयको आयोजना प्रमुख, जिल्ला स्तरिय नेताहरू, नगरपालिका भित्रका जनप्रतिनिधि, र सरोकारवाला, सहितका पत्रकार,सबैको उपस्थितिमा आज शिलान्यास भएको हो ।
उक्त भ्युटावर ३ करोड ३ लाखको लागतमा ८ तलाको ७३ फिट उचाइ, र ६५ फिट चौडाईको पहिलो तलाको बेसमा निर्माण हुने बताईएको छ। उक्त भ्युटावर जेष्ठ मसान्तभित्र तयारी हुने बताईएको छ ।