
नेकपाको दाहाल-नेपाल समूह सडक संघर्षमा, शीर्ष नेताले काठमाडौँको सभालाई सम्बोधन गर्दै
१४ पुष २०७७, मंगलवार ०९:२५
नेकपाको दाहाल-नेपाल समूह सडक संघर्षमा, शीर्ष नेताले काठमाडौँको सभालाई सम्बोधन गर्दै
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूह प्रतिनिधिसभा विघटनविरूद्ध सडक संघर्षमा उत्रिएका छन् ।
पार्टीको आन्तरिक विवादमा जनप्रतिनिधिको थलो प्रतिनिधिसभालाई प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा असंवैधानिक तवरले भंग गरिएको भन्दै दाहाल(नेपाल समूहले आज देशव्यापी प्रदर्शन गर्दै छ ।
प्रदर्शनका लागि पार्टीका शीर्ष नेता देशका विभिन्न स्थानमा खटिएका छन् । यद्यपि काठमाडौँमा हुने सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
ती जुलुस काठमाडौँको भृकुटीमण्डमा पुगेपछि मध्याह्न १२ बजे हुने सभालाई सो समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायतका शीर्ष नेताले सम्बोधन गर्ने तय भएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई