Lifestyle Portal
  •   २५ माघ २०७९, बुधबार

साउदी अरबमा महिलाले गाडी चलाउन पाउनुपर्छ भन्ने महिला अभियानकर्तालाई पाँच वर्ष जेल

१४ पुष २०७७, मंगलवार ०९:४१

लोकप्रिय

साउदी अरबकी चर्चित महिला कार्यकर्ता लुजैन हथलौललाई पाँच वर्ष जेल सजाय सुनाइएको छ ।

लुजैन अल हथलौल साउदी अरबमा महिलाले पनि गाडी चलाउन पाउनु पर्छ भनेर आवाज उठाउने महिला अभियानकर्तामध्ये एक हुन् । उनलाई त्यहाँको प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो । ३१ वर्षकी हथलौल दुई वर्षभन्दा बढी समय अहिले जेलमा जीवन बिताइरहेकी छिन् ।

सन् २०१८ मा हथलौल तथा उनीसँगका केही महिला अभियन्ताहरुलाई साउदी अरबमा दुश्मनसँग सम्पर्क राखेको भन्दै हिरासतमा लिइएको थियो । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले बारम्बार उनको रिहाइको माग गर्दै आवाज उठाएका छन् । तर, साउदी अरबमा बनाइएको एक विशेष आपराधिक न्यायालयले हथलौलले राष्ट्रिय सुरक्षालाई नोक्सान पुर्याएको र विदेशी अजेन्डालाई अगाडि बढाएको भन्दै दोषी करार गरेको हो । यो न्यायालय त्यहाँ आपराधिक विषयमा न्याय दिनका लागि बनाइएको हो ।

अदालतले आफ्नो आदेशमा पाँच वर्ष आठ महिनाको जेल सजाय सुनाएको छ । अब दुई वर्षभन्दा बढी हिरासतमा रहेकाले हथलौललाई यो समय माफी गर्न चाहिँ सकिने साउदी अरबका मिडियाहरुले उल्लेख गरेका छन् ।

अर्कोतिर, उनको परिवारले यी आरोपहरुलाई अस्वीकार गरेका छन् । बरु परिवारले त उनलाई हिरासतमा पनि विभिन्न यातना दिइएको आरोप लगाएको छ । तर, परिवारको यो आरोपलाई अदालतले खारेज गरिदिएको छ ।

सन् २०१८ मा साउदी अरबमा महिलाले गाडी चलाउन पाउने अधिकार पाएको केही साताअघि मात्र हथलौललाई त्यहाँको प्रहरीले हिरासतमा लिएको थियो । त्यहाँका अधिकारीहरुले यही विषयमा आवाज उठाएकाले मात्र हथलौललाई हिरासतमा नलिइएको बारम्बार बताउँदै आएका छन् ।

हथलौललाई सबैभन्दा पहिले साउदी अरबको प्रहरीले १ डिसेम्बर २०१४ मा गाडी चलाएको आरोपमा पक्राउ गरेको थियो । समाचार एजेन्सी एएफपीका अनुसार गाडी चलाएर साउदीको सीमामा पुगेकी उनलाई त्यहाँबाट नै प्रहरीले गिरफ्तार गरेको थियो । यसको विरोधमा त्यहाँ पत्रकार मायसा अल अमौदीले पनि गाडी चलाएकी थिइन् । पछि उनलाई पनि साउदी सरकारले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, १९ पुस :  काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल