विप्लवसहित चार दलले सरकार बिरुद्ध रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने


काठमाडौँ । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विप्लवले अन्य तीन दलसंग मिलेर संयुक्त मोर्चा निर्माण गर्ने भएको छ । विप्लवले ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीसँग मिलेर रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने भएको हो ।

ओली सरकारको निरंकुशता, फासिवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति ४ पार्टीको बिचमा रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको मंगलबार चार दलले संयुक्त रुपामा जारी गरेको विज्ञप्ति भनिएको छ ।

“दलाल तथा प्रतिक्रियावादी सत्ता, व्यवस्था र सरकारमा आएको गम्भीर संकटलाई फासीवादी तरिकाले हल गर्ने दुष्प्रयासस्वरुप तथा वैदेशिक शक्तिको आड भरोसा र इसारामा केपी सरकारले संसद विघटन गरेको हो ।” विज्ञप्तिमा उल्लेख छ ।


Loading comments...