Lifestyle Portal
  •   ३१ श्रावण २०७९, मंगलवार

विभागको फष्ट सेक्सनबाटै १४ वटा भन्सार कार्यालयको अनुगमन गरिने

१४ पुष २०७७, मंगलवार २०:०१

काठमाडौं । भन्सार विभागले मुलुकभर भर्चुअल मनिटरिङ सिष्टम स्थापना गरेर भन्सार कार्यालयहरूको निगरानी शुरु गरेको छ । विभागले हालै केन्द्रीय कार्यालयमा स्थापना गरेको यो प्रणालीमार्फत अहिले १४ वटा भन्सार कार्यालयहरूको भर्चुअल अनुगमन भइरहेको छ ।

भन्सार कार्यालयहरूको स्वचालित तथ्यांक प्रणाली (आशिकुडा) द्वारा कम्प्युटराइज प्रणालीबाट भन्सार कार्यालयहरूको तथ्यांक राख्ने प्रणाली विकास गरिएको छ । आशिकुडा वल्र्ड सिष्टममा सञ्चालित यस्तो अनुगमन प्रणाली अहिले २४ वटा भन्सार कार्यालयहरूमा लागू भइसकेको छ ।

भन्सार विभागले नयाँ प्रविधिहरूको प्रयोग गर्दै भन्सार प्रणालीलाई अझ बढी पारदर्शी बनाउने जमर्को गरिरहेको छ । यसबारे आफ्नो योजना प्रस्तुत गर्दै भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने, ‘नवीनतम प्रविधिको प्रयोगद्वारा भन्सार कार्यालयहरूलाई व्यवस्थित गर्ने र यसलाई अझ बढी पारदर्शी बनाउने विषय सधै हाम्रो प्राथमिकतामा रहेको छ ।

सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सम्बन्ध पत्रकारहरूसँग कुरा गर्दै उनले भने ‘ व्यापार, पारवहान र अन्य लजिष्टिक सेवा सहितलाई राष्ट्रिय एक द्वार प्रणाली लागू गरेर डिजिटलाइज गर्ने हो भने भन्सार विन्दुमा हुने सम्पूर्ण कामहरू अझ छिटो, कम खर्चिलो र निकै पारदर्शी बन्न सक्छ ।’

विभागमा अत्याधुनिक प्रयोगशाला स्थापना भएपछि विभिन्न खाद्य वस्तुदेखि सुनसम्मको गुणस्तर मापन गर्न सकिने महानिर्देशक दाहालले बताए । ‘ गत मंसिर १२ गते हङकङबाट आएका दुईजनाले तेलको बोतलमा घुलित सुन ल्याएको भेटियो ,’ उनले भने ‘यसरी सुन ल्याउने दुईजनालाई पक्राउ गरी अहिले मुद्दा पनि चलिरहेको छ ।

परीक्षणका क्रममा साढे दुई किलो सुन पाइएको दाहालले बताए । तस्करीहरूले नसोचेको तरिकाले सुन ल्याएका पाइएको बताए । ती व्यक्तिले ७५० मिलिलिटरका तीनवटा बोतलमा तेलजस्तो देखिने लेदो प्रकारको वस्तु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल ल्याएका थिए ।

विमानस्थलमा सामान जाँच्ने कर्मचारीले तेलजस्तो देखिने वस्तु साविकभन्दा ‘गह्रौँ’ पाएपछि शंका लागेका कारण विभागको केन्द्रीय प्रयोगशालामा परीक्षण गरिएको थियो ।

भन्सार विभागका हालै स्थापित केन्द्र्रीय अनुगमन इकाइ र अत्याधुनिक उपकरण जडित प्रयोगशालाको अवलोकन गर्न भन्सार विभाग पुगेको पत्रकार टोलीसँग भएको अन्तरक्रियामा विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारीले अहिले भन्सार विभागको काम भनेको राजस्व संकलनमात्र विश्वलाई नियाल्ने ऐनाको रुपमा लिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

राष्ट्रपतिले नागरिकता विधेयक संसद्‌मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र

काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ