Lifestyle Portal
  •   ६ चैत्र २०७९, सोमबार

नवनियुक्त उर्जामन्त्री रायमाझी तथा भारतीय राजदूत क्वात्राबिच भेट

१४ पुष २०७७, मंगलवार २०:२४

लोकप्रिय

काठमाण्डौ । प्रतिनिधी सभा विघटन पछि नियुक्त भएका ऊर्जा, जलस्रोत र सिंचाई मन्त्री टोप बहादुर रायमाझी तथा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबिच भेट भएको छ । भेटमा भारतीय राजदूत क्वात्राले नवनियुक्त मन्त्री टोप बहादुर रायमाझीलाई बधाई दिनुभएको थियो ।

दुवैबिच नेपाल-भारत संयुक्त परियोजनाहरूको कार्यान्वयन तथा द्विपक्षीय उर्जा सहकार्यका गतिविधिहरुलाई थप प्राथमिकताका साथ अघि बढाउने बिषयमा छलफल गरिएको थियो । दुवै देशबिच विद्युत क्षेत्रमा भइरहेको सहकार्य सम्बन्धमा केन्द्रित उक्त छलफलमा ठूला-ठूला संयुक्त परियोजनाहरूको सिघ्र समापनका लागि आवश्यक सहजीकरण गर्ने लगायतका बिषयबस्तु केन्द्रित थिए ।

सन् २०१४ मा विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर भए पछि भारत र नेपालको जलविद्युत् क्षेत्रमा बहुपक्षीय संलग्नता हुँदै आएको छ । परियोजनाहरु विगत चार-पाँच वर्षमा उल्लेखनीय रूपमा अगाडि बढिरहेका छन् । यसमा नेपाली जलविद्युत क्षेत्रमा भारतीय लगानी, उच्च भोल्टेज र मध्यम भोल्टेज क्रस बोर्डर ट्रान्समिशन लाइन, विद्युत व्यापारको सुविधाको साथै ग्रिड अपरेशनमा समन्वयहरु समावेश रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा