नेपाल टेलिकमको ‘एफटीटीएच’मा भ्वाइस, डेटा तथा भिडियो एकसाथ


नेपाल टेलिकमले अंग्रजीनयाँवर्ष २०२१ को सुरुवातसंगै फाइबर टु दीहोम (एफटीटीएच) सेवामा इन्टरनेट प्रोटोकल टेलिभिजन (आइपी टिभी) सुरु गर्ने भएको छ । हालसम्म एफटीटीएचबाट भ्वाइस र डेटा मात्रै दिएको कम्पनीले अब भिडियो पनिदिई ग्राहक बढाउने नयाँ रणनीति लिएको हो । कम्पनीले अंग्रजी नयाँ वर्षको सुरु अर्थात शुक्रबारदेखि आइपी टिभी राजधानी काठमाडौंबाट सुरु गर्नलागेको छ ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले आइपी टिभी हाल परीक्षणमा रहेको भन्दै नयाँ वर्षका दिन औपचारिक रुपमा सुरु गर्ने जानकारी दिए । उच्च गतिको इन्टरनेटको रुपमाचिनिएको एफटीटीएच ग्राहकलाई भ्वाइस भिडियो र डेटा सबै एकैसाथ दिनका लागि आइपीटिभी पनि ल्याउन लागिएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरानाभाइरस र त्यसको प्रभाव न्यूनिकरणका लागि गरिएको लकडाउनपछि नेपालमा इन्टरनेट प्रयोगकर्ता बढेका छन् ।

प्रबन्धनिर्देशक अधिकारीका अनुसार एफटीटिएचका ग्राहकपनि एक लाखभन्दा धेरै भएका छन् । उनी भन्छन्, “पहिले हामी ग्राहकको घरघरमा बजारीकरण गर्न जान्थौँ अहिले ग्राहक अफिससम्म आएर सेवा माग गरेका छन्, हामीले माग अनुसार एफटीटीएच सेवादिन सकेका छैनौँ ।”उनका अनुसार ग्राहकको माग अनुसार सेवाविस्तार गर्न जनशक्ति व्यवस्थापनमा टेलिकमले ध्यानदिएको छ ।

फाइबार टु दीहोम सेवामा इन्टरनेट तथा ल्याण्डलाइन टेलिफोन सेवादिँदै आएको कम्पनीले अब यसै लाइनमा टेलिभिजन हेर्न पाउने सुविधा थप गर्न लागेको हो । प्रतिस्पर्धी बजारमा सेवालाई विधिकरण गर्दै जानु टेलिकम कम्पनीहरुको आवश्यकता बन्दै गएको छ । ग्राहकमा थपिएको जानकारी, बढ्दा इन्टरनेट पहुँच र विश्वव्यापीकरणले अब एकै खालका सेवाबाट कम्पनीहरुले आम्दानी गरिरहन सक्ने अबस्था भने अहिले छैन । त्यसका लागि पनि कम्पनीहरुले डेटालाई मुख्य आधार बनाएर नयाँ खालका सेवा र प्याकमा ध्यान दिन थालेका छन् ।

प्रबन्ध निर्देशक अधिकारीकाअनुसार आइपी टिभी सेवा काठमाडौं उपत्यकाबाट सुरू गर्ने र ७७ वटै जिल्लामाविस्तार गर्दै जाने योजनाकम्पनीको छ । उनकाअनुसार हालक्लिन फिड नीतिअनुरुपआईपी टिभीका लागि कन्टेन्ट व्यवस्थापनको कार्य भइरहेको छ । अघिल्लो महिनादेखि नेपालमा सुरु भएको क्लिन फिड नीतिले टेलिभिजनहरुमाविदेशी विज्ञापन प्रसारणमा रोक लगाएको छ ।

कम्पनीले पछिल्लो समयमा एफटीटीएच (फाइबर टु द होम) इन्टरनेट सेवालाई आक्रामक रुपमा विस्तार गरिरहेको छ । हालैमात्र कम्पनीले २० एमबीपीएस गतिको एफटीटीएच प्याकेज लिने ग्राहकलाई मोबाइलमा प्रतिदिन ३०० एमबी डेटा निःशुल्क रुपमा उपलब्ध गराउने प्याकेज सार्वजनिक गरेको थियो ।


Loading comments...