
चिनियाँ परियोजनाविरुद्ध प्रधानमन्त्रीको गृहजिल्लामा बृहत प्रदर्शन
१४ पुष २०७७, मंगलवार २२:०२
काठमाडौं । चिनियाँ कम्पनीको लगानी रहेको परियोजनाविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा बृहत प्रदर्शन गरिएको छ ।
चीनको निको महात्वाकांक्षी कम्पनी बेल्ट एन्ड रोड परियोना अन्तर्गत बनिरहेको प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा बनिरहेको दमक क्लिन इन्डस्ट्रियल पार्कमा भइरहेको अवैध क्रियाकलापविरुद्ध सबैको ध्यान केन्द्रित भएको छ ।
मंगलबार ओलीविरुद्ध भइरहेको देशभर प्रदर्शनसँगै प्रधानमन्त्री ओलीकै गृहजिल्लामा चिनियाँ महत्वाकांक्षी परियोजनाविरुद्ध व्यापक प्रदर्शन गरिएको हो ।
चिनियाँ प्रत्यक्ष लगानीमा बनिरहेको यस परियोजनामा कर्मचारी नियुक्ति तथा उनीहरुको व्यवस्थापनमा समस्या भएपछि उक्त कम्पनीविरुद्ध प्रदर्शन गरिएको हो ।
राजनीतिकरुपमा पनि निकै महत्वाकांक्षी मानिएको उस परियोजनामा प्रधानमन्त्री ओलीले आफैं छनोट गरेको परियोजनाविरुद्ध संघीय लिम्बुवान मञ्चद्वारा उक्त विरोध र्याली निकालिएको हो ।
उक्त प्रदर्शनमा जनजाति, आदिवासी तथा अन्य अल्पसंख्यक समुदायका ५००० भन्दा बढी प्रदर्शनकारी सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भक्तपुर, १७ पुस: अङ्ग्रेजी नयाँ वर्ष, २०२३ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी
“आमा मलाई हुर्काउनु भो, पढाउनु भो, माया दिनुभयो । अब म हजुरको सधैँ सेवा गर्छु है” भन्दै नारायणी नमूना मावि
खजुरा, १५ पुस : निकै तामझामका साथ नेपालगञ्जको ऐतिहासिक पर्यटकीय ताल रानीतलाउलाई सञ्चालनमा ल्याइए पनि अहिले संरक्षणको अभावमा पुनः जीर्ण
महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत