Lifestyle Portal
  •   ३० श्रावण २०७९, सोमबार

सवारी चालक अनुमति पत्रको फारम खुल्यो, २ सय जनाले आवेदन दिन पाउने

१५ पुष २०७७, बुधबार ०९:३०

काठमाडौँ– कोरोना महामारीका कारण गएको चैतदेखि बन्द सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फाराम मंगलबारदेखि खुलेको छ।

लाइसेन्सको अनलाइन फाराम सातवटै प्रदेशमा खुलेको यातायात व्यवस्था विभागका निर्देशक डाक्टर लोकनाथ भुसालले जानकारी दिए। कोरोना भाइरस संक्रमणको त्रासका कारण गत नौ महिनादेखि बन्द फाराम जनजीवन सामान्य तर्फ फर्कन थालेसँगै खोलिएको उनको भनाइ छ।अझै पनि भाइरसको संक्रमण कायमै रहेको बताउँदै उनले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर लिखित तथा ट्रायल परीक्षा लिने व्यवस्थासहित फाराम खुला गरिएको बताए।

उनले भने, ‘अहिलेलाई दैनिक कोटा तोकेर आवेदन लिन थालिएको छ अब नियमित परीक्षा लिने तयारी छ।’ लामो समयपछि फाराम खुलेकाले आवेदन दिनेको चाप भएकोले अनलाइन साइट नखुल्ने समस्या देखिएको बताउँदै उनले समस्या समाधानको प्रयास भइरहेको बताए।

अहिले मोटरसाइकलमा दैनिक एक सय, स्कुटर र चारपाङ्ग्रे गाडीमा ५०–५० गरी कुल दुई सय जनाले अनलाइन आवेदन दिन पाउने व्यवस्था गरेको पनि गरिएको छ।

काठमाडौँ उपत्यकाका चारसहित देशभर विभागका १७ कार्यालयबाट अनुमतिपत्र वितरण, नवीकरण हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

राष्ट्रपतिले नागरिकता विधेयक संसद्‌मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र

काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ