पुष १७ बाट संसारको जुनसुक्कै कुनाबाट अनलाईनबाटै पुनः श्रम स्वीकृती सकिने


काठमाडौं । वैदेशिक रोजगार विभागले पुष १७ बाट अनलाईबाट नै पुनः श्रम स्वीकृती लिन पाउने व्यवस्था मिलाएको छ । यो व्यवस्था संगै पुन: श्रम स्वीकृतीकै लागि रोजगारीको लागि विदेशिएहरु नेपाल फर्कनु पर्ने झन्जट मुक्त हुने भएका छन् ।
हाल दैनिक सात सयको हाराहारीमा श्रम स्वीकृति लिन मानिसहरु श्रम कार्यालय पुग्ने गरेका छन् ।
अनलाइनबाटै काम हुने भएपछि श्रम स्वीकृति लिने ८० प्रतिशतभन्दा श्रमिकहरु लाभान्वित हुने विभागले जनाएको छ ।
विभागका अनुसार गत चार महिनामा करिब २५ हजारले पुनः श्रम स्वीकृति लिएका छन् भने ५ हजार ९ सयले नयाँ श्रम स्वीकृति लिएका छन् । यस्तै भिसा लिगलाइजेसन १४ सयले लिएका छन् ।

अनलाइनबाट पुनः श्रम स्वीकृतिका लागि विभागले तोकेका पेमेन्ट गेटवेमार्फत वैदेशिक रोजगारी कल्याणकारी कोषको रकम र बिमा शुल्क बुझाउन सक्नेछन् ।

पहिले पाएको श्रम स्वीकृतिको प्रतिलिपि, राहदानीको प्रतिलिपि, अघिल्लो पटक र हाल प्राप्त गरको भिसा, रोजगार करारपत्र, जीवन बिमा , कल्याणकारी कोषमा रकम भुक्तानी गरेका पछि मात्र पुनः श्रम स्वीकृती पाईने विभागले जनाएको छ ।


Loading comments...