
अक्सफोर्डको खोपले पायो प्रयोगको अनुमति
अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुद्धारा विकसित तथा औषधी कम्पनी एस्ट्राजेनेकाद्धारा उत्पादित कोभिड १९ खोपले बेलायतमा आपतकालिन प्रयोगको अनुमति पाएको छ । यो खोप बेलायतमा तिव्र रुपमा फैलिएको नयाँ स्ट्रेनको कोरोना भाइरसविरुद्ध पनि प्रभावकारी साबित हुने अपेक्षा गरिएको छ ।
बेलायतमा यसअघि नै जर्मन कम्पनी बायोनटेक र अमेरिकी कम्पनी फाइजरले संयुक्त रुपमा विकास गरेको खोपले प्रयोगको अनुमति पाइसकेको छ । अहिलेसम्म ७ लाखभन्दा धेरैले फाइजरको खोपको पहिलो डोज लिइसकेका छन् ।
प्रभावकारी तथा सुरक्षित देखिएपछि बेलायतको औषधी तथा स्वास्थ हेरचाह उत्पादन नियामक एजेन्सी ९एमएचआरए० ले अक्सफोर्डको खोपलाई अनुमति दिएको हो । प्रधानमन्त्री बोरिस जोनसोनले यसअघि नै एस्ट्राजेचेका कम्पनीलाई १० करोड खोप उत्पादन गर्न निर्देशन दिइसकेका छन् । मार्चको अन्त्यसम्म ४ करोड डोज उत्पादन हुने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री बोरिस जोनसोनले यस खोपले स्विकृति पाउनुु बेलायती विज्ञानको एक अभूतपूर्व उपलब्धि रहेको बताएका छन् ।
भारतमा सिरमले गर्दैछ उत्पादन
भारतमा सिरम इन्स्टिच्युटले अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप उत्पादन गर्दैछ । सिरमले यस खोपको ५ करोड डोज उत्पादन भइसकेको दाबी गरिएको छ । भारत सरकारले चाडंै यस खोपलाई आपतकालिन प्रयोगको अनुमति दिने सिरमको विश्वास छ ।
स्रोत – जागरण