अन्सिका शर्माको शिरमा ‘मिस युनभिर्स नेपाल २०२०’को ताज


‘मिस युनभिर्स नेपाल २०२०’को ताज अन्सिका शर्माले पहिरिएकी छिन् । काठमाण्डौको नागपोखरीस्थित मेरियट होटलमा आयोजित ‘मिस युनिभर्स नेपाल २०२०’ को फिनालेको अन्तिम ५ मा स्थान सुरक्षित गरेकी शर्माले कडा प्रतिस्पर्धा प्रस्तुत गर्दै बिजेता बन्न सफल भएकि छिन् ।

प्रतियोगितामा प्रथम रनरअप सुजिता बस्नेत भएकिछिन् भने दोस्रो रनरअप निनाकान्त मण्डल बन्न सफल भएकि छिन् । त्यतै दिप्ता थापा र न्यान्सी खड्का क्रमशः तेस्रो तथा चौथो रनरअप भएकिछिन् ।

मिस युनिभर्स नेपाल २०२० को बिजेता भएसँगै अन्सिका शर्मालेले उपहारस्वरुप नगद रु २० लाख प्राप्त गरेकी छन् । यससँगै मिस युनिभर्सको ७० औं संस्करणमा नेपालका तर्फबाट अन्सिका शर्माले आधिकारीक सहभागिता जनाउने छिन् ।

 


Loading comments...