
यमन सरकार सखाप पार्ने प्रयास: नयाँ सरकारका मन्त्रीहरु सवार विमान नजिकै ठूलो बिष्फोट, २२ जनाको मृत्यु
१६ पुष २०७७, बिहीबार ०७:४८
अरब देश यमनको ‘अदन विमानस्थल’मा बुधवार ठूलो बिष्फोट भएको छ । बिष्फोट यमनको नयाँ क्याबिनेटका मन्त्रीहरु सवार विमान अवतरण भए लगत्तै भएको थियो । त्यस क्रममा ब्यापक फायरिङको पनि आवाज आएको थियो । विमानमा यमनका प्रधानमन्त्री मीन अब्दुल मलिक सइद आफ्नो कैबिनेट टोलीका साथ थिए ।
बिष्फोटमा परेर अहिलेसम्म २२ जनाको मृत्यु भएको खबर छ । रिपोर्टका अनुसार, विमानमा सवार कुनै पनि मन्त्रीहरु हताहत भएका छैनन, सबैजना सुरक्षित छन् । विमानमा कतिजना मन्त्रीहरु थिए भन्ने जानकारी भने सार्वजनिक भइसकेको छैन ।
साऊदी मेडियाका अनुसार, प्रधानमन्त्री समेत विमानमा सवार सबै मन्त्रीहरुलाई सुरक्षित राष्ट्रपति भवन पुर्र्याई सकिएको छ । यमनका सूचना मन्त्री मोमार अल इरयानीले हमलाको पछाडी हूथी विद्रोहिहरुको संलग्नता हुनसक्ने आशंका जनाएका छन् ।
Dramatic visuals of a blast and gunfire after a plane carrying the newly formed government arrived from Saudi Arabia in the southern Yemeni city of Aden. At least 16 people have died. #Yeman
pic.twitter.com/8uMAnduXe5— Ieshan Wani (@Ieshan_W) December 30, 2020
विमानस्थलका सुरक्षा अधिकारीहरुका अनुसार बिष्फोटपछि उनीहरुले विमानस्थलमा कैंयन शवहरु यत्रतत्र देखेका छन् । घटना पश्चात सामाजिक सञ्जालमा साझा गरिएका तस्वीरहरुमा विमानस्थलको संरचना नजिक भग्नावशेष सहितका फुटेका शिसाहरु रहेका छन् ।
विद्रोहिहरुसँग समझौता पश्चात देश फर्किएका थिए मन्त्रीहरु
यमन धेरै समयदेखि गृहयुद्धको चपेटामा छ । एक सम्झौता अनुसार यमनको प्रधानमन्त्री सइदका साथ सरकारका कैंयन मन्त्रीहरु अदन फर्किएका थिए । यो सम्झौता गत हप्ता मात्रै प्रतिद्वन्द्वी गुटका साथ गरिएको थियो । मलिकको नेतृत्वमा रहेको सरकारलाई अन्तरराष्ट्रीय स्तरमा मान्यता प्राप्त छ । वर्षौदेखि चल्दै आएको गृहयुद्धको क्रममा उनले अधिकांश समय निर्वासित जीवन बिताउदै आएका छन् । यो सरकार साऊदी अरबको राजधानी रियादबाटै आवश्यक सबै रणनीतिक काम गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल