
पाकिस्तानमा अराजक भीडद्वारा हिन्दु सन्त “परम हंसजी महाराज” को महत्वपूर्ण समाधीस्थल ध्वस्त
एजेन्सी । पाकिस्तानमा एक हिन्दु सन्तको समाधीस्थललाई धार्मिक अतिवादीहरूको एक अराजक भीडले ध्वस्त गरेको छ । पाकिस्तानको खैबर पख्तुनख्खा प्रान्तको काराक जिल्लामा पर्ने हिन्दु सन्त श्री परम हंसजी महाराजको बिशेष महत्वको समाधिस्थललाई ध्वस्त गरिएको हो। काराक जिल्लाको टेरी गाउँमा एक हिन्दु नेताले समाधिस्थलसंगै थप संरचना बनाउन लागेको भन्दै स्थानीय अतिवादीहरूले सो समाधिस्थल नै ध्व्स्त पारेको जिल्ला प्रहरी प्रमुख इरफानउल्लाह मारवाटले बताए। त्यहाँ हिन्दुहरुको जनसंख्या अत्यन्तै कम रहेको बुझिएको छ। प्रहरीका अनुसार एकजना धर्मगुरुले उत्तेजनात्मक भाषण गरेर समाधीस्थल भत्काउन स्थानीयलाई उचालेका थिए ।
समाचारलाई पाकिस्तानको अग्रणी मेडिया डनले पनि पुष्टि गरेको छः Karak villagers vandalise shrine of Hindu saint
The protesters attacked the shrine fearing it was being expanded; police vow legal action against the people involved https://t.co/QOaWlTosAa
— Dawn.com (@dawn_com) December 30, 2020
श्री परम हंसजी महाराजको सो समाधिस्थललाई लिएर त्यस क्षेत्रमा पटकपटक विवाद सृजना हुँदै आएको छ। एक स्थानीय हिन्दु नेताका अनुसार कट्टरपन्थीहरूले धेरै अघि देखि नै यस समाधिस्थललाई भत्काउने खोजिरहेका थिए ।
सन् १९९७ मै सो समाधिस्थलमा केही हिस्सा स्थानीय अतिवादीहरूले भत्काएका थिए तर पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि खैबर पख्तुनख्वाको राज्य सरकारले त्यसको पुनर्निर्माण गर्नु परेको थियो।