मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट एकै महिना १० करोड लिटर डिजल आयो, साढे एक अर्ब बचत गर्न सफल


काठमाण्डौ । आज अपरान्ह ३:१० बजे ‘इण्डियन आयल’ले नेपालमा एकै महिनामा १० करोड लिटर डिजेल आपूर्ति गर्न सफल भएको छ । यो आँकडामा नेपालमा डिजेल आपूर्तीमा मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पदार्थको पाइपलाइन सेवाको उल्लेख्य योगदान रह्यो । गत वर्ष २०७६ को भदौ २४ गते मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सेवा सञ्चालनमा आएको थियो ।

पेट्रोलियम पदार्थको सहज आपूर्तीका लागि संचालनमा रहेको यस मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पदार्थको पाइपलाइन सेवा (MAPL)ले संचालनको अवधिदेखि अहिलेसम्म यातायात र अन्य सम्बन्धित खर्चमा देशको नेरु साढे १ अर्ब भन्दा बढी बचत गर्न सफल भएको छ ।

फाइल फोटो

मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पदार्थको पाइपलाइन सेवाले चीनको वुहानबाट कोरोनाभाइरसका कारण संसारभर फैलिएको वैश्विक महामारी COVID-19 लकडाउन अवधिको अवधिमा देशमा डिजेलको आवश्यकता पूरा गर्न महत्वपूर्ण भूमिका खेल्‍यो । नेपाल आयल निगमद्वारा गत आर्थिक वर्ष २०७६/७७ मा सार्वजनिक वार्षिक आर्थिक प्रतिवेदन अनुसार २०७६ भदौदेखि २०७७ असारसम्मको १० महिनामा ढुवानी बापतको नेरु १ अर्ब ४७ करोड बचत गर्न सफल भएको हो । उक्त प्रतिवेदनअनुसार प्रति महिना पाइपलाइनमार्फत इन्धन ढुवानी हुँदा रु १४ करोड ७० लाख बचत हुने गरेको छ ।

फाइल फोटो

Loading comments...