
भोलीको फाइनल कस्तो हुँदैछ ?
२७ मंसिर २०७५, बिहीबार १४:२०
द भ्वाइस अफ नेपाल आफ्ना सम्पूर्ण दलबलका साथ नेपालबाट कतार उडेको छ । प्रत्यक्ष प्रसारणका लागि सम्पूर्ण प्राविधिक तयारी भइसकेको अनि साथै कोचहरु बस्ने रातो कुर्सी पनि सेट गरिसकेको जनाइएको छ । भोली शुक्रबार नेपाली समय अनुसार बेलुकी १० बजेपछि द भ्वाइसको फाइनल सस्करण नेपालमा प्रत्यक्ष देख्न सकिनेछ । ७९ वटा देशवाट गैर आवासीय नेपालीका प्रतिनिधीहरु कतार पुगिसकेका छन् । लगभल १६० भन्दा धेरै कतारी प्रहरीहरु अनि ३ सय सुरक्षागार्डहरुको सुरक्षाघेरा भित्र संगितको यो महोत्सव कतारको दोहा को एसियन टाउन ग्राण्ड मल सनैयामा हुन गइरहेको छ ।
डिसेम्बर १४ तारिख शुक्रबार सनैयाको यो एसियन टाउन मलमा नेपालीहरुको मेला लाग्ने पक्का छ । दर्शकहरुको सहजताका लागि आयोजक ले दर्जन बढि टिकट काउण्टरहरु अनि खानेकुराका स्टलहरुको पनि राखेको छ । संभवत नेपाल बाहिरको सर्वाधिक नेपाली उपस्थिती हुने कमै कार्यक्रमहरुमा भोलीको द भ्वाइसको फाइनल पनि पर्ने छ ।कार्यक्रमको सुरक्षामा कुनै पनि संझौता नहोस भन्नका लागि कार्यक्रम स्थलको सय मिटर वरपर सम्म पनि बिशेष सुरक्षा ब्यवस्था गरेको बताइएको छ । फाइनलकै दिनमा टिकट काटेर हेर्न जाने दर्शकहरुलाई सहजताका लागि प्रशस्त टिकट काउण्टर राखेको द भ्वाइसका निर्देशक लक्ष्मण पौडेलले बताए ।
यस ग्राण्ड फिनालेमा ४ जना कोचहरु लगायत उत्कृष्ट ८ आवाजहरु साथमा तेजेन्द्र गन्धर्व लगायत केही सरप्राइज आवाजहरुका र धुर्मुस सुन्तली अनि केही अन्य कलाकार र बिशेष अनुहारहरु देख्न सकिनेछ । साथै आयोजकले एकदिन अगावै टिकट किन्न चाहनेका लागि १० प्रतिशत टिकट रकममा छुट पनि ब्यस्था गरेको जनाएको छ । द भ्वाइस अफ नेपाल बिश्वभरिमा प्रचलित एउटा गायन रियालीटी शो हो र यो नेपालका लागि प्रथम सस्करण हो ।
यसै गरि द भ्वाइसले हिजो आफ्नो फेसबुकमा कतार बाट आफ्ना ४ जना फाइनलीष्टका साथमा लाइभ भिडियो प्रसारण गरेको थियो । प्रस्तोता सुशील नेपाल आँफै ४ जना ट्यालेन्टसंग तयारीका बिषयमा कुरा गर्दै थिए । को बन्छ त नेपालको पहिलो द भ्वाइस अफ नेपाल भन्ने बिषयमा ट्यालेन्टहरु संग कुराकानी भएको थियो । सबैजना आआफ्ना हिसाबले तयार भएका अनि नेपालको प्रथम द भ्वाइस नेपाल बन्न मेहनत अनि लगनका साथले लागि परेको बताएका थिए । भोट गर्ने क्रम पनि चलिरहेको छ । अब भोलीको फाइनल कार्यक्रमले नेपाललाई प्रथम द भ्वाइस अफ नेपाल दिलाउने छ ।
४ जनै आवाजलाई शुभकामना ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
अष्ट्रेलियाको गोल्ड कोस्ट शहरमा सम्पन्न “गुर्खास कप २०२३” को उपाधि आयोजक गुर्खास किचेनले जितेको छ । उपाधिका लागि फाइनल खेलमा
यही आउदो शनिबार 4 Jun मा UK (बेलायतमा) गोर्खा कपको भब्य आयोजना गरिने भएको छ । तमु धिं युके ले
सिसेल्स । गणतन्त्र सिसेल्सको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गणतन्त्र सिसेल्सका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका
साउदीको राजकुमार Faisal Bin Fahran Al Saud हिजो नेपाल आउनु भएको र आज बंगलादेश जान लागेको समाचार आज विहान ९