
वामदेव गौतम भन्छन्– कित्ता क्लियर छ, म तीन नम्बर
१८ पुष २०७७, शनिबार ०१:२८
काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र आफ्नो कित्ता क्लियर रहेको बताएका छन् । पार्टी विभाजन भइनसकेको र आफू अझैपनि एकता जोगाउने पक्षमा रहेको उनले बताएका हुन् ।
राष्ट्रिय सभा बैठकपछि उपाध्यक्ष गौतमले शुक्रबार विभाजित पहिलो र दोस्रो कित्ता, अनि आफू एकताको पक्षमा तीन नम्बर कित्तामा रहेको प्रष्ट पारे ।
प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको र सर्वोच्चको फैसला अघि वा पछि पनि एकताको सम्भावना जिवित रहने उनको भनाई छ । उपाध्यक्ष गौतमले संगठित रुपमै एकता अभियान अगाडी बढाउने पनि बताए ।
उपाध्यक्ष गौतमले आफु अन्तिम विकल्प हुँदासम्म पार्टीलाई एकताबद्ध बनाउन लाग्ने बताए । उनले एकताको पक्षमा सबै रहेको भन्दै देशभरबाट एकता अभियानको पक्षमा दशौँ हजार नेता कार्यकर्ता आफुसँग रहेकोसमेत बताए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको
राष्ट्रपतिले नागरिकता विधेयक संसद्मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ
पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।