
‘सभामुखलाई विवादमा ल्याउनु वाञ्छनीय छैन’
१८ पुष २०७७, शनिबार ०१:३१
काठमाडौं । संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव दर्ता समयका विषयमा सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले स्पष्टिकरण दिएको छ । शुक्रबार प्रेस नोट जारी गर्दै प्रेस विज्ञ श्रीधर न्यौपानेले सभामुखलाई विवादमा ल्याउनु वाञ्छनीय नभएको स्पष्टिकरण दिएका छन् ।
सभामुखलाई समेत विवादमा तान्ने प्रयासस्वरुप सृजना गरिएको भ्रममा नपर्नसमेत न्यौपानेले आग्रह गरेका हुन्।
’सम्माननीय सभामुखज्यूलाई सम्बोधन गरी सचिवालयमा दर्ताका लागि ल्याइएको अविश्वासको प्रस्तावमा सभामुखज्यूले दर्ताका लागि लिखित निर्देशन दिनु भएको हो’, प्रेस नोटमा भनिएको छ’,तथ्यहरुलाई एकातिर पन्छाएर सम्माननीय सभामुखज्यूलाई समेत विवादमा तान्ने प्रयासस्वरुप सृजना गरिएको भ्रममा नपर्न सबैमा आग्रह गर्दछु ।’
प्रधानमन्त्री केपी ओलीविरुद्ध दर्ता भएको अविश्वासमा दर्ता समय विवाद छ । सभामुख सापकोटाको तर्फबाट साढे १० गजे अविश्वास दर्ता भएको दाबी भइरहेको छ भने संसद् सचिवालयका तर्फबाट साढे तीन बजे दर्ता भएको दाबी छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ
पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।
बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका
हाम्रा बजारहरूमा पच्चीस पैसा, पचास पैसा, एक रुपियाँका सिक्का देखिन छाडेको वर्षौं भयो। यसैगरी एक र दुईका कागजी नोट बजारमा