
राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गर्नैपर्छ : राणा
१८ पुष २०७७, शनिबार ०१:५२
पशुपति शम्शेर राणाले प्रजातन्त्र जोगाउन, राष्ट्रलाई स्थीर राख्न राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना गर्नुपर्ने बताएका छन् ।
“जनताका चाहना र राष्ट्रको आवश्यकता बमोजिम उन्नत प्रजातन्त्रका निम्ति राजसंस्था, हिन्दुराष्ट्र पुनःस्थापना गर्नुको विकल्प छैन । समय र जनताको माग यही नै छ,” अध्यक्ष राणाले राप्रपाद्वारा शुक्रबार काठमाडौंमा आयोजित बृहद जनप्रदर्शनलाई सम्बोधन गर्दै भने । स्थिरता र स्थायित्व दिन्छौं भनेर डिङ हाँक्ने साम्यवादी सरकारले जनताको पक्षमा सिन्को समेत भाँच्न नसकेको भन्दै नेकपा सरकारको राणाले आलोचना गरे । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै राप्रपाले काठमाडौंमा शुक्रबार शक्ति प्रदर्शन गरेको हो । राप्रपाले राजसंस्थालगायत सबै अट्ने गोलमेच सम्मेलन, कोरोना महामारीको सबल व्यवस्थापन, भ्रष्टाचार नियन्त्रण, युवालाई रोजगारीलगायतका माग अघि सारेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई