sleeping child

नयाँ वर्षको पहिलो दिन तीन लाख ७१ हजार शिशु जन्मिए


नोम पेन । नयाँ वर्ष सन् २०२१ को पहिलो दिन दिन संसारभर तीन लाख ७१ हजार ५०४ जना शिशु जन्मिएका छन्।

‘हजारौँ नयाँ सुन्दर बालबालिकाहरुलाई स्वागत गर्न पाइएको छ, यसले हामीलाई रोमाञ्चित बनाएको छ,’ कम्बोडियाका लागि युनिसेफका प्रतिनिधि फोरुघ फोयौजातले भनेका छन्।

‘गत वर्ष सन् २०२० सबैका लागि चुनौतिपूर्ण वर्ष बनेको थियो, त्यसमा पनि बालबालिकाहरुका लागि झनै चुनौतीपूर्ण थियो, तथापि कम्बोडियाले कोरोनाभाइरसको महामारीमा राम्रो व्यवस्थापन गरेको पाइयो’, उनले भनेका छन्।

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार कोम्बोडियामा यस वर्षको पहिलो दिन ९७१ जना जन्मिएका छन्। अरु देशको तुलनामा राम्रो व्यवस्थापन भएको अवस्थालाई निरन्तरता दिन कम्बोडिया सफल हुने पनि उनले आशा व्यक्त गरेका छन्।

कम्बोडियामा जन्मिएका बालबालिकाको भविष्य सुनौलो बनाउन युनिसेफले पनि सक्दो सहयोग गर्ने उनले आश्‍वासन दिए । युनिसेफले सन् १९५२ देखि बालबालिकाको अधिकार र कल्याणका लागि कम्बोडियामा काम गरिरहेको वक्तव्यमा बताइएको छ।

सन् २०२० मा युनिसेफले कम्बोडिया सरकार र यसका साझेदारहरुलाई कोरोनाविरुद्ध लड्न सहयोग गरेको थियो। विशेष गरी दूरशिक्षा, विद्यालय सञ्चालन, कोरोनाबाट सुरक्षित गर्न, सफा खानेपानी, पोषिलो खाद्य पदार्थलगायतका क्षेत्रमा सहयोग गरेको हो।


Loading comments...