Lifestyle Portal
  •   २८ श्रावण २०७९, शनिबार
drinking water

पानीले नै सहयोग गर्छ तौल घटाउन !

१८ पुष २०७७, शनिबार ०२:०९

एजेन्सी। हामी सबैलाई थाहा छ, स्वस्थ जीवनका लागि र सही पाचन क्रियाका लागि पर्याप्त पानीको आवश्यकता पर्छ । विशेषज्ञहरु त भन्छन्– पानीको सहयोगले नै हामीले हाम्रो तौल नियन्त्रण पनि गर्न सक्छौँ ।

मोटोपना खासमा अत्यन्त ठूलो स्वास्थ्य समस्या हो । यसको सम्बन्ध हामीलाई लाग्ने भोक र मेटाबोलिज्मसँग पनि हुन्छ । मोटोपना त टाइप २ डायबिटिज, आथ्रराइटिस तथा केही क्यान्सरसँग पनि जोडिएको हुन्छ । त्यसैले मोटोपनालाई कसैले पनि राम्रो मान्दैन ।

यस्तो अवस्थामा पानीको फाइदालाई नजरअन्दाज गर्न मिल्दैन । वजन क मगर्न पानी पनि निकै फाइदाजनक हुन्छ ।

पानी पिउनाले शरीरमा भएका हानीकारक चिजहरु बाहिर निस्कने मात्र होइन, हाम्रो पाचन प्रणाली तथा मांसपेशीको काम पनि राम्रोसँग हुन्छ । त्यसैले पानी हामीले पर्याप्त मात्रामा पिउनु पर्छ । कतिले त दैनिक १० गिलास पानीले हामीलाई फाइदा गर्ने बताउँछन् । के सम्म गर्न सकिन्छ भने घरमा हुँदा, अफिसमा हुँदा वा यात्रामा जाँदा पनि आफूसँग पानीको बोतल लिएर जान सकिन्छ ।

धेरै क्यालोरी भएका पेय पदार्थको खपत कम गर्न पनि हामीलाई पानीको आवश्यकता पर्छ । चिसो तथा मीठो लाग्न पेय पदार्थहरुले खासमा हाम्रो प्यास पनि मेट्दैनन् र शरीरको तौल पनि बढाइदिन्छन् ।

खाना खानुभन्दा अगाडि पानी पिउनु चाहिँ राम्रो मान्न सकिँदैन । खाना खानुभन्दा अगाडि पानी पिउँदा खानाबाट हामीलाई चाहिने ऊर्जा प्राप्त नहुने विभिन्न अध्ययनले देखाएका छन् ।

बरु के चाहिँ हो भने भोक कम गर्न पनि पानी पिउनु फाइदाजनक हुनसक्छ । वजन कम गर्न चाहनेले त झन् तातो पानी पिउनु फाइदाजनक हुन्छ । विहान उठ्ने वित्तिकै मनतातो पानी पिउँदा हाम्रो शरीरको तापक्रम व्यवस्थित गर्न त्यसले सहयोग गर्छ ।

सँगसँगै मन तातो पानीले हामीलाई तौल घटाउने प्रक्रियामा पनि सहयोग गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम

काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या

टाइफाइड रोगबाट बचाउन यहि चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप अभियान