
रामकुमारी झाँक्रीको व्यङ्ग्य- प्रजातन्त्रको जग बसाउन राजनीतिक अपराध
१८ पुष २०७७, शनिबार १०:५४
काठमाडौं । विभाजित नेकपाको प्रचण्ड-नेपाल समूहको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति रोष प्रकट गरेकी छिन् ।
उनले शुक्रबार फेसबुकमार्फत प्रजातन्त्रको जग बसाउन जनताको जनादेशलाई कुल्चदै संसद विघटनजस्तो राजनीतिक रूपमा अपराधिक काम गर्नुपरेको रहेछ भन्दै कटाक्ष गरेकी छिन् ।
“प्रजातन्त्रको जग बसाउन, जनताको जनादेशलाई कुल्चँदै संसद् विघटनजस्तो राजनीतिक रूपमा अपराधिक र कानुनी रूपमा असंवैधानिक काम गर्नुपर्ने रहेछ होइन ?’’ उनको प्रश्न छ ।
ओली समूहले लोकतन्त्र बचाउन संसद् विघटन गरेको दाबी गर्दै आएको छ । उनले पहिले पनि संविधानअनुसार अर्को सरकार बन्ने व्यवस्था छैन भनेर एकपटक प्रधानमन्त्री भएपछि बाँचुन्जेल खाने दाबी सुनिएकै हो भन्दै व्यङ्ग्यसमेत गरेकी छिन् ।
उनेले भनेकी छन्, “पहिले पनि यो संविधानअनुसार अर्को सरकार बन्ने व्यवस्था छैन भनेर एकपटक प्रधानमन्त्री भएपछि बाँचुन्जेल खाने दाबी सुनिएकै हो । तर बहुमतवालाले अर्को सरकार बनायो ।’’
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई