भारतमा आउँदो हप्ताबाट कोरोनाविरुद्धको भ्याक्सिन लगाउने तयारी


एजेन्सी। भारतमा अर्को हप्ताबाट कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी भएको छ । यसका लागि भ्याक्सिन लगाउने पूर्वाभ्यास भारतभर भएको छ । अक्सफोर्ड भ्याक्सिनलाई विज्ञहरुको प्यानलले अनुमोदन गरेपछि भारत सरकारले यसको प्रयोगको अनुमति दिने तयारी भएको छ । निर्णय भएसँगै भ्याक्सिन लगाउने तयारी भएको हो । भारतले आफैले विकास गरेको भ्याक्सिन पनि प्रयोगमा ल्याइने भएको छ ।

नयाँ दिल्लीमा भ्याक्सिन पुगिसकेको टाइम्स अफ इन्डियाले जनाएको छ । अब भण्डारण गरेर राख्ने र प्रयोगमा ल्याइने उल्लेख छ ।

भारतमा पहिलो चरणमा ५१ लाखले खोप पाउनेछन् । जसमध्ये ३ लाख स्वास्थ्यकर्मी, ६ लाख अग्रपंक्तिमा काम गर्ने कामदार र ४२ लाख ५० वर्ष कटेका हुनेछन् ।


Loading comments...