Lifestyle Portal
  •   २९ श्रावण २०७९, आईतवार
baburam bhattrai

राष्ट्रपति र प्रधानमन्त्रीप्रति संकेत गर्दै बाबुरामले भने- कुपुत्र/कुपुत्रीले गणतन्त्रको घरमा आगो लगाए

१९ पुष २०७७, आईतवार १४:१४

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले गणतान्त्रिक व्यवस्थामा नै आगो लगाएको बताएका छन् । प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक घटनाक्रमका विषयमा आइतबार टिप्पणी गर्दै डा.भट्टराईले सो कुरा बताएका हुन् ।

ट्वीटरमा लेख्दै डा.भट्टराईले एक आर्किटेक्टको अनुभूति भन्दै जिन्दगीभरको मेहनतले’संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइएको र सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजनासमेत रहेको बताएका छन् ।

राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति संकेत गर्दै केही कुपुत्र/कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिएको पनि डा.भट्टराईले बताएका छन् । केही सन्तान आगो निभाउनु सट्टा खरानीको लागि दौडिएको उल्लेख गर्दै डा.भट्टराईले छिमेकी रमिते बनेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।

बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका

हाम्रा बजारहरूमा पच्चीस पैसा, पचास पैसा, एक रुपियाँका सिक्का देखिन छाडेको वर्षौं भयो। यसैगरी एक र दुईका कागजी नोट बजारमा