Lifestyle Portal
  •   २८ श्रावण २०७९, शनिबार

राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारबाही गरिने

१९ पुष २०७७, आईतवार १४:४९

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिका चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा भइरहेको अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही गरिने बताएका छन् । अखिल नेपाल महिला संघ (अनेमसंघ) ले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उनले अमर्यादित अभिव्यक्ति दिने माथि मन्त्रालयले छानबिन सुरु गरिसकेको बताए ।

मन्त्री थापाले भने, ‘राष्ट्रपतिको बारेमा सडकबाट राजनीतिज्ञले उठाएको विषय गैरकानूनी र अपराधिक हो, त्यसबारेमा छनबिन भइरहेको छ, कारवाही गर्न निर्देशन दिएको छु ।’ संघले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध सडकमा र सामाजिक सञ्जालमा अत्यन्तै अमानवीय, अमर्यादित, अशोभनीय, अराजक र निकृष्ट ढंगका भाषा र अभिव्यक्ति आइरहेकोमा आपत्ति जनाउँदै छानबिन गरी कारवाही गर्न माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र प्रस्तुत गरेको हो ।

‘आगामी वैशाखमा निर्वाचन गराउने निर्णय स्वागतयोग्य छ, लोकतन्त्रमा सभा, जुलुस गर्ने आ–आफ्ना विचार अभिव्यक्ति स्वतन्त्रता हुन्छ, तर अराजक र निकृष्ट ढङ्गबाट अभिव्यक्ति दिनु आपत्तिजनक छ ।’ ज्ञापन पत्रमा भनिएको छ ।

संघले आगामी निर्वाचनलाई स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ । संघकोतर्फबाट नेत्रीहरु सुजिता शाक्य, तीर्था गौतम, अधिकारकर्मी शर्मीला कार्कीलगायतले मन्त्री थापालाई भेटेर ध्यानाकर्षण गराएका हुन् । टोलीले आजै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोलाई पनि भेटेर ज्ञापनपत्र बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।

बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका

हाम्रा बजारहरूमा पच्चीस पैसा, पचास पैसा, एक रुपियाँका सिक्का देखिन छाडेको वर्षौं भयो। यसैगरी एक र दुईका कागजी नोट बजारमा