चुनाव गराएरै छाड्छु: प्रधानमन्त्री


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीलाई बदनाम गर्न अर्को पक्ष लागिपरेको बताएका छन् ।

अनेरास्ववियू (ओली पक्ष)ले राजधानीको कार्की ब्याङ्वेटमा आइतबार आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री ओलीले दाहाल–नेपाल पक्षलाई लक्षित गर्दै आफूविरुद्ध ३१५ वटा बैठक भएको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीलाई लाञ्छना लगाउन, सरकारलाई असफल बनाउन र कम्युनिस्ट पार्टीलाई बदनाम गराउन ३१५ वटा बैठक भएछन् ।’

तीमध्ये अधिकांश बैठक खुमलटारमा भएको आरोप पनि प्रधानमन्त्री ओलीले बताए । उनले चुनाव गराएरै छाड्ने प्रतिबद्धता पनि विद्यार्थीहरुसँग व्यक्त गरेका थिए ।


Loading comments...