प्रचण्ड पत्नी सीताको उपचार भारतमा गरिने


काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (दाहाल–नेपाल) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको लैजाने तयारी भएको छ ।

केही दिनयता अस्वस्त रहेकी प्रचण्ड पत्नी सीतालाई थप उपचारका भोलि (सोमबार) भारत लैजान लागिएको हो । प्रचण्ड पनि सँगै जानेछन् ।

वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो ।


Loading comments...