Lifestyle Portal
  •   २ भाद्र २०७९, बिहीबार

संसद् विघटनबारे प्रधानमन्त्रीले बुझाए सर्वोच्चलाई लिखित जवाफ

१९ पुष २०७७, आईतवार १८:५०

काठमाडौं- संसद् विघटन गर्नुको कारण खुलाउँदै प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रिपरिषदको कार्यालय, राष्ट्रपतिको कार्यालयलगायतले लिखित जवाफ लेखेका छन् । आइतबार १३ वटा रिटमा प्रधानन्यायाधीशसहितको संवैधानिक इजलासले कारण देखाउन दिएको आदेशको जावाफ प्रधानमन्त्रीसहितका विपक्षीहरूले आइतबार लिखित जवाफ बुझाएका हुन् ।

हरेक विपक्षीले १३ वटा रिटमा १३ वटै लिखित जवाफ पठाएका छन् । विपक्षीहरूले महान्यायाधीवक्ता कार्यालयमार्फत लिखित जवाफ बुझाएका हुन् ।

पुस ५ मा भएको संसद् विघटनविरूद्ध परेका १३ वटा रिटमाथि पहिलो सुनुवाइ गर्दै संसद विघटन सिफारिस, सिफारिसको सदर, संसद्मा दर्ता गरिएको अविश्वासको प्रस्ताव र विघटनको निर्णय हुनुअघि संसद्मा बहाल रहेका सांसदको नामसहितको पठाउन सर्वोच्च अदालतले आदेश गरेको थियो ।

ती सबै कागजात सँगै विपक्षीहरूले आज लिखित जवाफ बुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालका सिमेन्ट उधोगीहरुको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् । बुधबार वन

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

राष्ट्रपतिले नागरिकता विधेयक संसद्‌मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ