
१०५ किलो गाँजासहित सातजना पक्राउ
१९ पुष २०७७, आईतवार १९:०१
पर्सा । लागुऔषध नियन्त्रण ब्युरो काठमाडौं तथा मातहत शाखा कार्यालय पर्सा वीरगन्जबाट खटिएको संयुक्त प्रहरीले वीरगन्ज महानगरपालिका २१, लालबाट १०५ किलो अवैध लागुऔषध गाँजा (चिप्पड) सहित सात जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका १९ बस्ने २४ वर्षीय विजय तामाङ, सोही ठाउँका ३२ वर्षीय लक्ष्मण सिटौला, १८ वर्षीय किशोर, कैलाश गाउँपालिका १० का २६ वर्षीय रामलाल गोले, धादिङ बेनीघाटरोराङ गाउँपालिका १ का ३७ वर्षीय नीरज लामा, चितवन राप्ती नगरपालिका २ का ५० वर्षीय सानुलाल तामाङ र पर्सा सखुवा प्रसौनी गाउँपालिका ३ का ५१ वर्षीय सहिद मियाँ आलम छन् ।प्रहरी टोलीले शंकास्पद अवस्थामा सडकमा रोकी राखेको ना.४ख ६५२५ नम्बरको ट्रकलाई जाँच गर्दा लुकाई राखेको अवस्थामा गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ