तपाईंहरू सहिद भएको भए श्रद्धान्जली दिन हुन्थ्यो : ओली


कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली पार्टीबाट फुटेर गएका प्रचण्ड-माधव नेपाल समूहका नेतालाई आफ्नो समूहले आयोजन गर्ने कुनै पनि कार्यक्रममा स्मरण गर्न आवश्यकता नरहेको बताएका छन् ।

आइतबार नेकपाको आफू समूहको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)केन्द्रीय कमिटीद्वारा आयोजित उपत्यकास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड-माधव नेपाल समूहका नेतालाई सहिद भएको भए श्रद्धान्जली दिने सकिने तर सहिद नभएकाले अब कुनै कार्यक्रममा स्मरण गर्न आवश्यता नभएको बताएका हुन् ।

‘तपाईंहरू शहिद भएर गएको भए श्रद्धान्जली दिन हुन्थ्यो । तपाईंहरू सहिद त होइन अब तपाईंहरूलाई कार्यक्रम स्मरण गर्नुपर्ने आवश्यकता छैन,’ उनले भने, ‘खाली तपाईंहरूलाई धूलो उडाउनुहुन्छ त्यसमा हामीले पानी छम्किनुपर्छ त्यति हो । तपाईंहरूले दुर्घन्ध पैलाउनुहुन्छ त्यहाँ हामीले अलिकति अत्तर छर्किए पुग्छ ।’

उनले उनले भने जीवन शर्माको गीत स्मरण गर्दै सो समूहलाई पिलोको संज्ञा दिँदै पिलो निचरिएर खिल जाँदैमा शरीरको ओजन नघट्ने बताए ।

उनले भने ‘जीवन शर्माले एउटा गीत गाउनुभएको छ । पीलो निचोरीदैमा ओजन घटेको हुन । दुईचार वटा पिलो निजोरिएर खिल निस्को भने पनि शरीरको ओजन घटेको हुन नोक्सान पारेको हुन् अझ मजबुद भएर पीडा रहित भएर अगाडि बढ्छ ।’

उनले अहिलेको लडाइँ उद्देश्यर र विचारको लडाइँ भएकाले सानोतिनो जालझेल, तिक्डमले र व्यवधानले ओझेल पार्न नसक्ने धारणा राखे । ‘यो लडाइ उद्देश्यको लडाइँ हो । यो विचारहरूको लडाइँ हो । जालझेल तिक्डमले हाम्रा महान उद्देश्यलाई ओझेल पार्न सक्दैन । हाम्रा महान विचार, हाम्रा महान यात्रालाई यस्तो सानो तिनो व्यवधानले रोक्न सक्दैन’ उनले भने ।

त्यस्तै, ओलीले आफूले डाकेका बैठकमा आएर प्रचण्ड-नेपालले गरेका अपराधलाई क्षमा गरिदिनेसमेत बताए । उनले भने, ‘पार्टीका मिटिङ छोडेर यही ठाउँमा आएर हामी बहुमतमा छौँ भनियो, फेरि म आग्रह गर्न चाहन्छु आउनुहोस्, पार्टीका मिटिङमा तपाईंहरूले गरेका अपराध क्षमा गरिदिउँला ।’

कार्यकारी अध्यक्ष दिँदा प्रचण्डले उपद्रो मच्चाएकाले कार्यकारी हटाइदिएको पनि उनले उक्त कार्यक्रममा धारणा राखे । अध्यक्षको पद कायम राखेको छ आउनुहोस्, वरिष्ठको पद कायमै राखेको छ, आउनुहोस् । प्रवक्ता भनेर तोकेको थियो । प्रवक्ताले साह्रै बढी च्याङच्याङ छ्याङछ्याङ गर्ने र दुर्गन्ध फैलाउने काम गरेकाले प्रवक्ताबाट हटाइएको छ’ उनले भने । कतिपय शक्तिले चुनाव हुँदैन भन्ने भ्रम सिर्जना गर्न खोजेको भन्दै ओलीले चुनावलाई कसैले पनि पर सार्न नसक्ने र सरकारले तोकेकै मिति प्रतिनिधि सभाको निर्वाचन हुने दाबीसमेत गरे ।


Loading comments...