Lifestyle Portal
  •   १० आश्विन २०७८, आईतवार
heart

औसत प्रेम कथा

२७ मंसिर २०७५, बिहीबार १७:०४

रोमीयो र जुलियटको प्रेमकथा अझै पनि सुपरहिट छ यसैबिचमा जेम्स क्यामरुनले बनाँए टाईटनिक जस्मा उन्ले टाईटनिक जहाज सँगै धेरै यूवा ढुकढुकीहरु लाई नि डुबाईदिए एउटा बियोगान्त कथाभित्र । यता एउटा बादहाशले आफ्नो प्रेमीकाको लागी ताजमहल बनाईदिएको ईतिहास नि छ, मान्छेहरु अझै भन्ने गर्छन र सुनाँउने गर्छन “आहा कस्तो राम्रो एउटा उदहारण, माया त यस्तो पो हो त ” भनेँर ।
मलाई चसक्क लाग्छ मुटुमा अनि सोच्छु एकहिसाबमा बादशाहले त्यो ताजमहल बनाँएर म जस्ता धेरै गरिब गुरुवा प्रेमीहरुको प्रेमको अपमान त गरेको हैन ? के एउटा संझनलायक प्रेम कथा हुनकालागी ताजमहल जस्तै केहि बनाँउन जरुरीनै छ ?
ताजमहल बनाँउन नसक्नेहरुको माया के माया हैन ? के आँउदा पुस्ताले औसत प्रेम कथा याद गर्नेछैनन ?
माया र ताजमहल पक्कैपनि छुट्टै कुराहरु हुन्, आज चर्चागर्न चाहेँ एउटा यस्तो सामान्य प्रेमकथा, औसत प्रेम कथा जुन नेपालको हरेक गाँउ शहरमा हुने गरेको छ, दोहोरिरहेको छ , तेहरिरहेको छ तर पुरानो भएको छैन ।

कसैको बास्तविक जिवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ , यो कथा उस्को हो र यो कथा उन्को हो । उ र उनी हामी मध्य जो कोही पनि हुनसक्छौँ , हाम्रो समाजमा धेरै उ र उनिहरु छन र आज सबै उ र उनिप्रति यो कथा समर्पित गर्न चाहन्छु ।
शुरु त्यतिबेला भयो जब उ र उनि दुबैजना स्कूलमा पढ्थे । आधा रङ्ग खुईलिसकेको उस्को साईकल थियो जस्लाई उस्ले बिभिन्न प्रकारले चलाउन सक्थ्यो जस्तै एउटा हात छोडेर, पछाडी बसेर, उभिएर र दुबै हात नि छोहेर चलाँउथ्यो अलि खुल्ला बाटो पाँउदा । क्लासमा लुकामारी चल्थ्यो दुबैको आखाँको र उस्को साईकलको पाईडल सँगसँगै उनीसँगको प्रेम कथा पनि अगाडी बढिरहेको थियो । एकफेरको नयाँ बर्षमा उस्ले उन्लाई बजारमा पाईने हिरोहिरोईनको फोटाभएका पोष्टकार्डमा नयाँ बर्षको शुभकामना अग्रेंजीमा लेखेर दिएको थियो, “ वान ग्लास अफ वाटर टु ग्लास अफ बियर , ओ माई डियर ह्याप्पी निँउ यिएरू
कच्याककुचुक पारेर हत्कालामा लुकाईराखेको कापीको पन्ना जस्मा हुन्थे प्रेमका भावना, उस्ले पनि प्रेम गर्न त फिलिम हेरेरै सिकेको हो । स्कूलमा सर्वत्र शंका थियो उ र उनिको समबन्धको बिषयमा, अलिहेका केटाकेटीले जस्तो डेट जान कहाँ पाँउनु र उ सम्झिन्छ र थकथक मान्छ , यदि त्यतिबेला जुकरबर्गले फेसबुकको आविस्कार गरिदिएको भए प्रेमालाप गर्न कत्ति सजिलो हुनेथियो भनेँर ?
पहिलो प्रेम प्रस्ताव उस्ले डराई डराई सरस्वती पूजाको दिन राखेको हो, उक्तर आएको थिएन । अनुक्तरित प्रेम लगभग स्वीकार गरेकै बराबर हो भन्ने मानेर उ पछाडी हटेन । बिहिबार हाटमा उनि आँउथिन भनेँरै उ पनि जान्थ्यो तर कुनै बातचित, अकंमाल या भेट घाट गर्न हैन केवल देखादेख गर्नकालागी । अरुहरुलाई शनिबार र बिदाकोदिन भनेँपछि खुशीको सिमा हुन्नथियो तर उस्लाई स्कूल लाग्नेदिननै प्यारो थियो, उनिलाई हेर्न पाउथ्यो ।
यो छोटो प्रेमकथामा उन्ले उस्लाई छोडिन जस्का कारणहरु थुप्रै हुनसक्छन जुन मैले यहाँ कोट्याउन चाहिन । उनि उस्को जुलियट बन्न सकिनन या भनौँ उ उन्को ज्याक बन्न सकेन र उनिहरुको प्रेमको टाईटनिक त्यसै डुबेर गयो । अगाडीका सबैकुराहरु फ्लाशब्याक हुन् , उ आज पनि माथी आकाशमा बिदेशबाट आएका ठूला पिलेनको आवाज निको मान्दैन जस्को उसँग आफ्नै कारण छ ।
हरेक पिलेनमा बिदेशमा बसेका नेपाली दाजुभाईहरु सफा लुगा लाएर, सुटकेश र झोला बोकेर गाँउशहर छिर्छन र खोजी गर्छन एउटा सुशील, सभ्य र मायालु श्रिमती जस्लाई आफैँसँग लिएर जान्छन बिदेश उनिलाईजस्तै , उस्को मुख अमिलो भयो ।
अनि त्सपछि उ जस्तै धेरै स्वदेशी रोमियोहरु आधा रङ्ग खुईलिएको साईकल, यादहरु र केहि फाटफुट चिठिपत्रको सहारामा बाँच्नुपर्ने हुन्छ, गाह्रो छ उस्ले थप्दै गयो ।
उस्को मुटुले अझै भन्छ कि उनिले उस्लाई नै माया गर्थिन रे, अझैपनि उनीले उस्लाई सम्झेर बिदेशमा धेरै रुन्छिन जस्तो लाग्छ रे उस्लाई ।
उस्को एउटा बिन्ती छ, कृपया ठूला प्लेनमा आएर उ जस्ता साना मान्छेहरुको मायालु खोसेर नलगिदेओ रे ? बिदेश जान्छौँ, उतै कमाँउछौँ, बस्छौँ बरु उतैनै कोही बिदेशी या त्यहाँ भएका स्वदेशी बिहे गरे भईगो नि । यहाँ आएर अर्काको माया खोसेर नलगिदेउ, कृपया ।
यो संसार गोलो छ, यहाँ धेरै दोबाटाहरु छन् र जिवन लामो छ । एकदिन उस्ले उनलाई त्यस्तै कस्तै दोबाटोमा भेटेर सोध्नेछ रे आखिर किन यस्तो गर्यौ भनेँर ? हुन त उन्ले जति नाँईनास्ती गरेपनि मान्नेले मानिदिए पो ? उन्का बुवाआमा आफ्नी एउटैमात्र छोरीलाई बिदेश पठाउन र लाहुरेलाई अन्माएर दिनपाएकोमा बेजोड खुशी थिए रे तर पोहोरको साल उन्कीआमाको पुरानो गानो दुख्ने बेथालाई ओखतीले नि नभेटेर डाक्टरकैमा लगेर चारदिन त सलाईनपानी दिएरै राखेको । अस्पतालमा साह्रै हुनुन्छ भनेँको सुनेपछि उस्की आमालाई पूर्याउन त्यहि साईकलमा उ पनि गएको थियो,छोरीलाई नभेटी मर्नेभएँ भनेँर उस्की हुननसकेकी सासुआमा रुँदैथिईन । छोरी नजिकै होस भनेँर चिताउनेले किन सात समुन्द्र पठाउनु ? अस्पतालकोठाको दैलोमा बसेर उ सोच्दैथियो । बुढी अलिक बिसेक भएर घरमा आएकी छिन तर बेलाबेला अभर पारिरहन्छ रे । बिहेगरेर गएपछि चारबर्षमा प्रथम पटक उनि आउने रे भन्ने सुनियो यस्पाला बैशाखमा,

भावना उर्लेर आएपछि प्रश्न बिनानै जवाफ आउने रहेछ, उ क्रमश प्रश्न बिनाको जवाफ प्रस्तुत गर्दै गयो ।
आखिर बिदेशका सुकुमार आएपछि हामी गाँउका गुईठे हरुवा चरुवा लाई पर्खिने कोही नहुँदो रहेछ ? खै किन हो बिदेशबाट आएको भनेँपछि सबैजनाको मन पगालिँदोँ रछ प्लस टु को रिजल्टनै नआई उ गई ।
उ र उस्की उनिको बिछोड भयो, सपना तुहिए । उस्को घरमा पनि निम्तो आएको रहेछ तर उ गएन । बुवा जानुभयो रे अनि कस्तो धुमधामसँग भएको बिहे भनेँर घरमा सुनाँउनुभएको थियो रे । बिदेशमै बस्ने केटा महिनाको यति कमाँउछ, गएको चार बर्षमा त बाटोछेउको एक दश कठ्ठा घडेरीपनि किनिदियो रे आमाको नाँउमा, जुन बिदेशीले उस्को माया लग्यो त्यहि बिदेशीको गुनगान पनि उस्ले राम्रैगरि सुनेछ । खुशी त उ पक्कै खुशी होली, मैले भएको भए ६ महिनाको कमाईले पनि एक तोला सुन किनिदिन सक्दिनथिएँ होला बरु ठिकै भयो अहिलेसम्म त बिदेशीले उन्लाई धेरै सुन किनिदिसक्यो होला ? तर फेरि यहाँ मसँगै भएकी भए उनी आफ्नै माटामै हुन्थिन, केहि किन्न नसके पनि माया त गर्थे नि म उन्लाई, के थाहा बिहे गरेर हामी दुबैजनानै बिदेश पो जान्थ्यौँ कि ? संभावनाका यस्ता कुरामा उ अझै अल्झिन्छ ।

उनि गईन अनि उस्को जिवन शुन्य भयो तर समय त नरोकिने रहेछ । हरेक दिन बिहान सूर्य उनि भएका बेला जस्तै उदाईरह्यो र साँझमा अस्ताईरह्यो, जाडो गर्मी यावत रुपले समय ब्यक्तित भईरह्यो, दशैँ आयो, तिहार आयो केवल उनि आईनन र उस्को मनबाट गईनन ।
बिर्सन त झन गाह्रो बरु संझिन सजिलो, उ लामो श्वाँस फेर्छ ,
गाँउमै बसेर पनि गरिखाएको छ, उस्ले । डलर साटेजति त कहाँ पाँउनु तर खान पुग्छ । उनी उएपछि उस्ले उनिलाई सम्पर्क गर्न चाहेको पनि छैन उहि एकचोटी फेसबुकमा उनीलाई एड गरेको थियो रे तर उता एसेप्पट भएन रे ?
उनीको बानीनै यस्तै हो, जे पनि पेन्डिगंमा राख्ने । पहिलो चोटी प्रस्ताव राख्दा पनि उक्तर नआई पेन्डिग थियो र अहिले पनि रिक्वेस्ट पेन्डिगंनै छ, उ मुस्कुरायो । अब म चाँही पेन्डिगंमा बस्दिन, उनीले छोडिन तर केहि छैन । उ अब अर्की उनिको खोजीमा थियो ।
यहाँधेरै उ हरु उनिको बियोगमा बसेका छन्, धेरै उनिहरु बिदेशबाट आएका तेस्रोपक्षसँग अन्मिएका छन् र यस्ता यस्ता कथाहरु जन्मिएका छन् । कसैके जिवनसँग मेल खान गएमा संयोगमात्र हुनेछ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै

काठमाडौं। कोरोनाभाइरस महामारीले पछिल्लो समय आतंकको अवस्था सृजना गरेको छ । ठूलो संख्यामा संक्रमितहरु थपिइरहेका छन् । मृत्यु हुनेहरुको संख्या