कारको डिक्कि तथा स्पेयर टायरमुनि लुकाइराखेको रू १ करोड ४७ लाख ८६ हजार सहित २ जना पक्राउ (भिडियो सहित)


काठमाण्डौ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग नाँगढुंगाबाट खटिएको प्रहरी टोलिले अपरान्ह काठमाण्डौ चन्द्रागिरि नगरपालिका वडा नं. २ स्थित नाँगढुङ्गा चेकप्वाईन्टमा कपिलबस्तुबाट काठमाण्डौतर्फ आउदै गरेको प्रदेश ३ -०१ ०२३ च २२५९ नम्वरको हुन्डाई सिल्भर रंगको कारलाई चेक जाँच गर्ने क्रममा श्रोत नखुलेको रू १ करोड ४७ लाख ८६ हजार फेला परेकोले उक्त कारमा सवार भारत गोरखपुर घण्टाघर घर बताउने बर्ष ३० को अमित कुमार गुप्ता नाम बताउने व्यक्ति र कपिलबस्तु जिल्ला बाँडगंगा नगरपालिका ४ बस्ने बर्ष २२ को संगम थारुलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्य संगम थारू कार चालक हुन् । बरामद रकम मध्य कारको डिक्किमा स्पेयर टायरमुनि लगायत कारको बिभिन्न भागमा लुकाईछिपाई ३ वटा झोलामा ल्याएको अवस्थामा रू १ करोड ४७ लाख रूपैया बरामद भएको हो भने अमित कुमार गुप्ताको साथबाट रू ८६ हजार रूपैया बरामद भएको हो ।

भिडियो हेर्नुहोस्ः

उक्त रकम भारतबाट नेपालमा भारतीय रूपैया ल्याई सीमा क्षेत्रमा पटक पटक गरी सटही गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । यस सम्बन्धि थप अनुसन्धानको लागि उक्त सवारी साधन, बरामद गरीएको रकम सहित पक्राउमा परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि सम्पत्ति शुद्दिकरण बिभाग पठाईएको छ ।

नागढुंगा चेकप्वाईन्टबाट मिति २०७७।७।२१ गते अं. ०५:०० बजेको समयमा श्रोत नखुलेको रकम रू ४० लाख सहित लु१ख ८६५२ नं को यात्रुबाहक बसका यात्रु पच्छिम नवलपरासी पाल्हिनन्दन गा.पा वडा नं २ घर हुने वर्ष ४० को ब्यास गुप्तालाई पक्राउ गरी थप अनुसन्धान तथा कार्वाहीको लागि सम्पत्ति शुद्दिकरण विभाग, हरिहरभवनमा पठाईएको थियो ।


Loading comments...