त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५० राउण्ड गोली सहित एक जना पक्राउ


काठमाण्डौ, २० पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको चेकिङ एरियाबाट ‘LAPUA LUGER 9MM’ लेखिएको ५० राउण्ड गोली सहित झापा मेचीनगर नगरपालिका-२ स्थायी वतन भएका २० वर्षीय बद्रि हाङ राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

श्री एयरलाईन्सको उडानबाट भद्रपुर झापा जान लागेका उनलाई विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान होल्ड ब्यागेज एक्सरे चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथमा रहेको झोलाभित्र पत्रिकाले र्‍यापिङ गरेको अवस्थामा उक्त राउण्ड गोली फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई थप आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त गौशालामा पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले गौचरले जनाएको छ ।


Loading comments...