बन्द कलेजहरु कहिले खुल्छन् ? पोष्ट कोभिड एजुकेशन कता जाँदैछ ?


काठमाडौं ।  बन्द कलेजहरु कहिले खुल्नेछन् ? बिधार्थीहरु आफ्नो करियरको खोजीमा कहिलेवाट शिक्षणसंस्थाहरुमा आवागमन गर्न थाल्नेछन् ? यो प्रश्नको जवाफ अन्यौलमा नै छ ।
कोभिडले मान्छेलाई मात्र संक्रमण गरेन कि हाम्रो शिक्षण संस्था र संरचनालाई पनि असर गरेको छ । अबको पढाई कस्ते हुने ? कसरी हुने र कुन तवरले हुने भन्ने विषयमा बहस जरुरी छ ।

कलेज र स्कुल बन्द भएर घरै बसेका बिधार्थीहरुलाई प्रविधीको प्रयोगले अनलाईन कक्षाहरु सञ्चालन गर्दै, अनलाइन मक जाँचहरु अनि अनलाइनमा नै पाठ्यक्रमका अन्य कुराहरु समावेश गरेर ई लर्निगं मार्फत अध्ययन अध्यापन गराँईदै आएको छ । यरी अनलाइन लर्निगंहरु कलेज स्वयम र अन्य बिभिन्न अनलाइन थलोहरुवाट प्रदान गरिन्छ । पोष्ट कोभिड शिक्षामा ईलर्निगंको महत्व र यस्मा बिधार्थीहरुको रुची बढेको कुरा त स्पष्ट नै छ ।

यसै क्रममा नेपालको सबैभन्दा ठूलो अनलाइन लर्निगं परिवार स्याटसमले कोभिड पछि अनलाइन भिडियो कक्षाहरु गर्ने अर्को सर्वाधिक रुचाइएको प्लाटफर्म नयाँ कितावसंग सम्झौता गरेको छ । सर्वाधिक धेरै नेपाली बिधार्थीहरु पढ्ने यि दुई अनलाइन थलोहरुले कोभिड पछिको अवस्थामा नेपाली बिधार्थीहरुको अनलाइन पढ्ने आवश्यक्ता र चाहनालाई पूरा गर्न यस संझौता गरेको बताए ।

पछिल्ला केहि वर्षहरु यता एमबिबिएस, इन्जिनियरिगं, नर्सिगं लाइसेन्स, व्रिज कोर्स र प्लस २ साइन्सका सबै पाठ्यक्रमहरु अनलाइन मार्फत अध्ययन अध्यापन गराइरहेको स्याटसम र कोभिड पछि बिभिन्न कोर्सहरु जस्तै केम्याट, सियूम्याट लगायत अन्य कोर्सहरु अनि किताबहरु पनि अनलाइन उपलव्ध गराउने थलो नयाँ किताबले यस संझौता गरेका हुन् । नयाँ किताबले आगामी दिनमा भिडियो लेक्चरहरु मार्फत कोर्सहरुको अध्यापन प्रतिष्ठित शिक्षकहरुद्धारा गर्ने र स्याटसमले यी कोर्सहरुको टेस्टिगं प्लायटफर्मको काम गर्ने र लेक्चर नोट्सहरु लगायत प्राक्टीस टेस्टहरु उपलव्ध गराउने बताइएको छ ।

नेपालभरिका बिभिन्न कलेज, इन्सटिट्यूट र मेडिकल कलेजहरुले स्याटसमलाई आफ्नो अध्यापन संरचनामा समावेश गरिसकेका छन् भनें नयाँ किताबले पनि बिभिन्न कलेजहरुसंग साझेदारीमा काम गर्न थालिसकेको छ । हेरौं यि दुई नेपालका लोकप्रीय ई लर्निगं प्लाटफर्महरुको यस साझेदारीले एक औसत नेपाली बिधार्थीलाई के फाइदा पुग्नेछ ?

कोभिड पछिको शिक्षालाई सहज र सुलभ बनाउन यि दुई प्लायफर्महरुको साझेदारीले बिधार्थीहरुलाई थप उर्जा दियोस् । शुभकामना ।

 


Loading comments...