
गायक आशिष राणा ‘लाहुरे’को कन्सर्टमा भागदौड हुँदा दुईजनाको मृत्यु
२१ पुष २०७७, मंगलवार ०४:२०
काठमाडौं। नेपाली गायक तथा र्यापर आशिस राणा ‘लाहुरे’को कन्सर्टमा भागदौड हुँदा कम्तिमा २ जनाको मृत्यु भएको छ। भारतको पश्चिम बंगाल राज्यको कालिङपोङमा आइतबार साँझ भएको सो कन्सर्टमा भागदौड हुँदा दुईजनाको मृत्यु भएको र ५ जना गम्भीर घाइते भएको भारतीय सञ्चार माध्यम जी न्यूजले जनाएको हो ।
मृत्यु हुनेहरुमा ४० वर्षीया अनिता क्षेत्री र ४६ वर्षीया बिनिता गुरुङ रहेको जी न्यूजले जनाएको छ। नेपाली गायक रानाले प्रस्तुति दिएपछि कालिपोङस्थित मेला ग्राउण्डमा भएको सो कन्सर्टमा भागदौड मच्चिएको जनाइएको छ।
#Breaking: Two persons dead & four injured in a stampede at Kalimpong musical programme yesterday evening. A stampede occurred at the ticket counter due to overcrowding. Police has registered a case against the organisers. @ZeeNews
— Pooja Mehta (@pooja_news) January 4, 2021
आइतबार साँझ भएको सो घटनालाई लिएर चर्चित गायक विपुल क्षेत्रीले फेसबुकमार्फत दुःख व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका
बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका
चर्चित भारतीय गायक केके-KK अर्थात कृष्ण कुमार कुन्नथको निधन भएको छ । उनी कोलकातामा साङ्गीतिक कन्सर्टमा भाग लिन गएका थिए
काठमाडौँ । चर्चित गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत ‘चुपचाप मन पराए’ रिलिज भएको छ।प्रमोद भट्टराई ‘प्रतीक’को शब्द रचना रहेको