त्रिभुवन विमानस्थलबाट ५० राउण्ड गोलीसहित एक जना पक्राउ


काठमाडौँ | प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ |

त्रिभुवन विमानस्थलबाट श्री एयरलाइन्सको जहाजबाट झापा भद्रपुर जान लागेका बद्रीहाङ राईलाइ चेकजाँचका क्रममा उक्त बस्तु फेला पारेपछि पक्राउ गरिएको हो |

प्रहरीका अनुसार झोलामा लुकाएको अवस्थामा सो परिमाणको गोली फेला परेको थियो | यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |


Loading comments...