ग्वादर बन्दरगाहर क्षेत्रमा पाकिस्तानी सेनाले लगायो प्रतिबन्ध, स्थानीय आक्रोशित


नयाँ दिल्ली । पाकिस्तानले बलुचिस्तानको ग्वादर बन्दरगाह क्षेत्रमा पाकिस्तानी सेनाले प्रतिबन्ध लगाएको छ । चिनियाँ लगानीमा बनिरहेको ग्वादर बन्दरगाह क्षेत्रको २४ किलोमिटर वरिपरिको क्षेत्रमा मानिसहरुलाई निषेध गर्दै पर्खाल लगाइरहेको छ ।

पाकिस्तानी सेनाको उक्त कदमविरुद्ध स्थानीयहरु आक्रशित भएर आन्दोलनको तयारीमा लागेका छन् । पाकिस्तानी सञ्‍चारमाध्यमहरुका अनुसार ग्वादर बन्दरगाह क्षेत्र वरपर बसोबास गर्ने स्थानीयहरुलाई सेनाले नियन्त्रणमा लिनसक्ने चिन्ता जाहेर गरेका छन् ।

त्यहाँ तारबार लगाएका घटनाले स्थानीय बलोचहरु थप आक्रोशित बनिरहेका छन् । बलूचिस्तानका सांसदहरूले पाक सेनाको योजनाको विपक्षमा संसदमा स्थानान्तरण गर्ने योजना गरिरहेका छन् ।

बलुचिस्तानमा एक पत्रकार भेटघाटमा बोल्दै ग्वादरका राष्ट्रिय सभाका सदस्य मोहम्मद अस्लम भूटानीले ग्वादर बन्दरगाह क्षेत्र नियन्त्रणमा लिने प्रयास गरेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

स्थानीय अधिकारीकर्मीहरुको सहयोगमा पाकिस्तान सेनाले ग्वादर स्मार्ट पोर्ट सिटी मास्टर प्लान मुनिको गेट इन्क्लेभ हुनसक्ने कुरालाई कार्यान्वयन गर्ने बताइएको छ । अधिकारीहरूले योजनाको पहिलो भाग भित्र १५ सय यकड जमिनमा फलामको बार लगाएर उक्त क्षेत्र सुरक्षित बनाइएको छ ।

बलुचिस्तानमा चिनियाँ लगानीमा बनिरहेका परियोजनाहरुमा पाकिस्तानले सुरक्षा प्रदान गर्न नसकेको र आक्रमणको त्रासहरु बढेको बताएपछि पाकिस्तानी सेनाले थप सुरक्षाका लागि तारबार लगाउने काम सुरु गरिएको हो ।

बलुचिस्तानको स्वतन्त्रताको माग गर्दै २०२० मा यस क्षेत्रमा आक्रमणका घटनाहरु बढेका छन् । बलुच राजा अजोई संगर (बीआरएएस) र बलोच पीपुल्स लिबरेशन गठबन्धनले पाकिस्तानी सेना र चिनियाँ नागरिकमाथिको आक्रमण बढाएका छन् ।

“संदिग्ध गतिविधिहरु” मा गहिरो नजर राख्नको लागि हरेको गेटमा ६०० भन्दान बढी हाइ-टेक निगरानी क्यामेराहरु लगाइएका छन् । त्यहाँ व्यक्तिहरुको नियमनका लागि परिचयपत्रहरुसमेत जारी गरिएका छन् ।

श्रोत : Zee5


Loading comments...