Lifestyle Portal
  •   ३१ श्रावण २०७९, मंगलवार

ईयूले तीन महिना बढायो पाकिस्तान एयरलाइन्समाथिको प्रतिबन्ध

२१ पुष २०७७, मंगलवार १५:२८

इस्लामावाद । युरोपियन युनियन उडड्यन सुरक्षा एजेन्सी (ईएएसए) ले पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) माथि लगाइएको प्रतिबन्ध तीन महिनाले बढाएको छ ।

पाकिस्तानी अधिकारीहरुले यसअघि लगाइएको प्रतिबन्ध हटाइने अपेक्षा गरेका थिए । तर, ईयूले भने तीन महिना प्रतिबन्ध थप गरेको हो । ईएएसएले शनिबार नागरिक उड्डयन प्राधिकरण (सीएए) को सुरक्षा अडिटपछि मात्र यो प्रतिबन्ध हटाइने पीआईएलाई जानकारी गराएको हो ।

सुरक्षाका कारण ईएएसएले जुलाईमा पीआईएलाई ईयू सदस्य देशहरूमा उडान सञ्चालन गर्ने अधिकार जुलाई महिनाका लागि स्थगित गरेको थियो ।

शुक्रबार, पाकिस्तान उड्डयन मन्त्री गुलाम सरवार खानले वाणिज्यिक पाइलटहरुलाई इजाजत पत्र जारी गर्ने प्रक्रिया सम्बन्धी चिन्ताहरु सम्बोधन भएको र चाँडै युरोपियन देशहरुमा पीआईएका उडानहरुमाथि लगाइएको प्रतिबन्धहरु हटाइने जनाएका थिए ।

यद्यपि, एक वरिष्ठ पीआईआई अधिकारीले पीआईएले एयरलाइन्सको अनुरोधको जवाफमा निराशाजनक सन्देश प्राप्त गरेको पाकिस्तानी सञ्‍चारमाध्यम डनलाई पुष्टि गरेका छन् ।

उनले पाकिस्तानी राष्ट्रियध्वजाबाहकले युरोपियन एजेन्सीलाई युरोपियन गन्तव्यस्थलमा उडानहरु सञ्‍चालन गर्न अस्थायी अनुमति दिन आग्रह गरेको थियो । पीआईएले ईयूका शर्तहरु पूरा गरेको उल्लेख गर्दै अस्थायी उडान अनुमति माग गरेको थियो । तर, ईयूले भने प्रतिबन्ध लगाएको छ ।
श्रोत : Yahoo news

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारत, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १०० औं स्वतन्त्रता दिवस आउनु अघिसम्म सरकारले नव भारत बनाउने लक्ष्य

भारतको हरियाणास्थित सोनीपतमा राष्ट्रिय कुस्तीवाज निशा दहिया, उनको २१ वर्षिय भाई, ८ वर्षिय एक बालक तथा आमा लगायत घरका ६

एजेन्सी, उत्तर प्रदेश । भारतीय कांग्रेसकी महासचिव प्रियंका गांधी पक्राउ परेकी छिन् । उत्तर प्रदेशस्थित लखीमपुर खीरीमा किसानमाथी भएको हिंसाका

एजेन्सी, नोम पेन । राजनीतिक दलका नेताबिरुद्ध गालीग्लौज गरेको अभियोगमा कम्बोडियामा एक किशोरलाई कैद गरिएको छ । सत्तारुढ पार्टीका नेताबिरुद्ध