Lifestyle Portal
  •   १८ माघ २०७९, बुधबार

बेलायतमा फेरि लकडाउन

२२ पुष २०७७, बुधबार ००:०३

लोकप्रिय

लन्डन । नयाँ प्रकारको कोरोनाभाइरस फैलिन थालेपछि बेलायतमा फेरि लकडाउन घोषणा गरिएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार देशव्यापी लकडाउन घोषणा गरेका हुन् । उनले लकडाउन फेब्रुअरी मध्यसम्म लागु हुने जानकारी दिए ।

कोरोनाभाइरस विरुद्धको खोप प्रयोग गर्ने पहिलो राष्ट्र भएपनि बेलायतमा नयाँ प्रकारको कोरोनाभाइरस तीव्ररुपमा फैलिन थालेको पछि प्रधानमन्त्री जोन्सनले आम नागरिकलाई फेरि पनि घरमै बस्न आह्वान गरेका छन् ।

अत्यावश्यक कामका लागि मात्रै बाहिर निस्कन उनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । गत वर्षको मार्चमा जस्तै उच्च सतर्कता अपनाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

‘‘नयाँ प्रकारको भाइरस तीव्ररुपमा फैलिएको छ । त्यसैले यो समय उच्च सतर्कता अपनाउनुपर्ने समय हो,’’ उनले भने ।

उनले बेलायती अस्पतालमा बिरामीको चाप धेरै हुन थालिसकेको र थप तयारी गर्नुपर्ने अवस्था रहेको पनि उल्लेख गरेका छन् ।

एक टेलिभिजनमा बोल्नेक्रममा उनले देशभरि फेरि अर्को महामारी फैलिन सक्ने खतरा पनि उत्तिकै रहेको भन्दै चिन्ता व्यक्त गरे ।

मंगलबारदेखि लकडाउनअन्तर्गत् प्राथमिक तथा माध्यमिक विद्यालय र कलेज बन्द गर्न लगाइएको छ । भौतिकरुपमा उपस्थित भएर गरिने शिक्षण प्रक्रिया अपनाउँदा कोरोना फैलिन सक्ने खतरा औँल्याइएको छ ।

विश्वविद्यालयका विद्यार्थी पनि मध्य फेब्रुअरीसम्म विश्वविद्यालय नफर्कने भएका छन् । मानिसलाई घरबाटै काम गर्न आग्रह गरिएको छ भने घर छाड्नुपर्ने बाध्यतालाई पनि न्यूनीकरण गर्न भनिएको छ ।

अघिल्लो हप्ताको तुलनामा सोमबार कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या ३० प्रतिशत वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, १९ पुस :  काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल