Lifestyle Portal
  •   ३० श्रावण २०७९, सोमबार

स्वास्थ्य मन्त्रालय भन्छ- मर्निङवाक नगर्नुस

२२ पुष २०७७, बुधबार ००:२५

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्निङवाक वा घर बाहिर गएर शारीरिक व्यायाम नगर्न आग्रह गरेको छ।

केही दिनदेखि मौसममा आएको परिवर्तनसँगै अत्यधिक वायु प्रदुषणले जनस्वास्थ्यमा असर पर्न सक्ने भन्दै मंगलबार मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

‘मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने केही दिनका लागि रोकौं’, मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘घर बाहिर ननिस्कौं निस्कनै पर्ने अवस्था भए मास्कको अनिवार्य प्रयोग गरौं।’

मन्त्रालयले फोहोर नचलाउन र अत्यावश्यक नभई सवारी साधनहरू नचलाउनसमेत भनेको छ ।

सोमबार र मंगलबार वायुको गुणस्तर ४०० एक्युआई भन्दामाथि पुगेको थियो।

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।