आफ्नो सार्वभौमिकता उल्लंघन गरेको भन्दै अफगानिस्ताद्वारा पाकिस्तानको निन्दा


काबुल । पाकिस्तानले आफ्नो सार्वभौमिकता उल्लंघन गर्दै राष्ट्रिय स्वाभिमानमाथि आँच पुर्‍याएको भन्दै अफगानिस्तानले निन्दा गरेको छ ।

अफगानिस्तानको विदेश मन्त्रालयले मुलुकको राष्ट्रिय सार्वभौमिकता उल्लंघन गरेको आरोपमा पाकिस्तानको चर्को आलोचना र निन्दा गरेको हो ।

तर, यसअघि पाकिस्तानले भने तालिबानी नेताहरूलाई पाकिस्तानी इलाकाबाट सञ्चालन गर्न अनुमति दिएर पाकिस्तानले काबुल सरकार र “वार्तालापलाई सहज तुल्याउने” काम गरेको भन्दै श्रेय लिइरहेको छ ।

द एक्सप्रेस ट्रिब्युनको रिपोर्ट अनुसार पाकिस्तानले अमेरिकी र अफगान तालिबानबीचको फेब्रुअरी २९ मा भएको सम्झौताको मात्र नभई अफगान सरकार र तालिबानबीच वार्ता पनि सहजिकरण गरेको गर्ने श्रेय लिएको छ । २० दिनको ब्रेकपछि दोहमा अन्तर-अफगान वार्ता पुनः सुरु हुने भएको छ ।

“अफगान शान्ति प्रक्रियाले द्वन्द्वको राजनीतिक समाधानतर्फ प्रोत्साहनजनक प्रगति गरिरहेको छ, पाकिस्तानले अफगानिस्तानमा दिगो शान्ति र स्थायित्वको लागि आफ्नो दृढ प्रतिबद्धता दोहोर्‍याउन चाहन्छ,” पाकिस्तान विदेश मन्त्रालयले गत आइतबार एक विज्ञप्तिमा भनेको छ ।

तालिबानी नेताहरूले पाकिस्तानमा आतंकवादी गतिविधिहरू जारी राखेको देखाइएको एक शृंखलाको भिडियो सार्वजनिक भएपछि अफगानिस्तानको विदेश मन्त्रालयले शुक्रवार पाकिस्तानले तालिबानी नेताहरूको उपस्थितिमा “अफगानिस्तानको राष्ट्रिय सार्वभौमिकतालाई स्पष्ट रूपमा उल्लंघन गरेको” जनाएको छ ।

अफगानिस्तानले इस्लामाबादलाई “युद्ध र रक्तपातलाई निरन्तरता दिने विद्रोही तत्वहरूलाई आफ्नो इलाका प्रयोग गर्न नदिन” पनि आग्रह गरेको छ ।
श्राेत : zee5


Loading comments...